Wednesday, November 25

प्रदेश १ का कानून मन्त्री होम आइसोलेसनमा, आफूसँग भेट भएका सबैलाई सतर्कता रहन मन्त्रीकाे आग्रह

August 7, 2020 91

विराटनगर २३ साउन । साउन १६ गते पछि आफूसँग भेटघाट भएका सबै जनालाई सतर्कता रहन प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले आग्रह गर्नु भएको छ ।

मन्त्री कार्की यतिबेला होम आइसोलेसनमा बस्नु भएको छ । उहाँ दुईसाता अघि देखि काठमाडाैं रहनु भएको थियो । काठमाडौंमा प्रदेश प्रहरी व्यवस्थापन सम्बन्धी भएको बैठकमा प्रधान मन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानून मंत्रीहरुको उपस्थिति रहेको थियो ।

सो बैठकबाट फर्किए पछि प्रदेश दुईका आन्तरिक तथा कानून मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण देखिएको थियो । सँगै रहनु भएका मन्त्री यादवलाई संक्रमण देखिएपछि मन्त्री कार्कीले पनि आफूसँग भेट भएका सवैलाई सतर्कता रहन आग्रह गर्नु भएको छ ।

मन्त्री कार्कीको बिहिबार स्वाब संकलन गरिएको छ । रिपोर्ट आउन बाँकी भएकाले उहाँ सुरक्षित होम आइसोलेसनमा बस्नु भएको छ । उहाँमा कुनै किसिमको लक्षण देखिएको छैन । कुनै समस्या पनि नभएको मन्त्री कार्कीको सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्