Tuesday, April 13

दाइलाई यति माया गर्ने भाइ पनि यो संसारमा रहेछन्, २२ बर्ष अघि हराएका दाइलाई सम्झंदै घर फर्किन आग्रह गर्दै धरधरी रोए (भिडियो)

March 1, 2021 89

लमजुङ्ग । काम गर्न भनि भारत गएको छोरा आजसम्म फर्किएर घर नआएपछि छोरा आउने बाटो हेरी बसेको आमाको आखाँ थाक्न थालि सकेको छ । छोराले आमा र घर दुवै बिर्सिएको पुरै २२ वर्ष भएको छ । यति लामो समयमा छोराको पर्खाईमा दिन र रात गनेर बसेकी आमाको कपाल फुलीसकेको छ । गाला चाउरी परिसकेको छ । आखाँको रोशनी पनि धमिलो हुँदै गई रहेको छ । यदि हराएका छोरा घर सम्झिएर फर्कि हालेछन् भनेपनि सायद उनैले आफ्नी आमालाई चिन्न सक्दैनन् होला ।

लमजुङ्ग सुन्दर बजारका मोहन बहादुर सापकोटा आजभन्दा २२ वर्ष पहिला नेपाल आर्मीको जागीर छोडेर भारतमा कमाउन गएका रहेछन् । उनी गएदेखि आजसम्म घर सम्झिएर फर्किएका छैनन् । छोरा मोहनको बाटो हेर्दाहेर्दै बुवाले पनि यो संसार छाडे । छोरा आउने बाटो हेर्दै बुवाले भनेका कुरा सम्झिंदै आमा भन्छिन्,‘मेरो छोरा ठूलो मनको छ । एकदिन हेलिकप्टरमा आउँछ र यो घरदेखि तलको गह्रामा बिसाउँछ ।’ आमाले रुँदै भनिन्,‘छोरा आउने आशैआशमा बावुले यो संसार छाडे न छोरा आयो न त हेलीकप्टर नै ।’

उता आमा र बुवा जस्तै २२ वर्षदखि दाईको बाटो हेरी बसेका भाई बुद्धि बहादुर सापकोटा पनि दाईलाई सम्झिएर भक्कानिए । बुद्धि बहादुरसंग दाई मोहनसंग जोडिएका धेरै सम्झनाका पोकाहरु नभएपनि उनलाई दाईको मायाको अभाव भएको सुनाउँछन् ।

दाईसंग अन्तिम भेट नारायणघाटमा भएको कुरा स्मरण गर्दै बुद्धि बहादुर भक्कानिए । उनी भन्छन्,‘दाईलाई नसम्झिएको कुनै पल नै छैन । यदि कसैले मेरो दाई भारतको फलाना ठाउँमा छ मात्र भिनिदिऊन् । म तुरुन्तै गएर दाईलाई लिएर आउँछु । तर २२ वर्षमा यस्तो कसैले भनेको छैन ।’ भाई बुद्धि बहादुरले रुँदै सुनाए हराएका दाईका कथा…….भिडियोसहित

प्रतिकृया दिनुहोस्