Sunday, December 6

सुतिरहेका बेला पहिरोले घर पुर्दा आमा–छोराको मृत्यु

August 7, 2020 127

बैतडी, २३ साउन । बैतडीमा पहिरोले घर पुरिदा आमाछोराको मृत्यु भएको छ । सुतिरहेका बेला घरमाथिबाट झरेको पहिरोले घर पुर्दा आमा–छोराको मृत्यु भएको हो भने अन्य दुईले भने भागेर ज्यान बचाएका छन् ।

पहिरोमा पुरिएर बैतडीको डिलासैनी गाउँपालिका–४ मठैराजमा आमा–छोराको ज्यान गएको हो । बिहीबार राति १ बजे घरमाथिबाट आएको पहिरोमा परी आनसिंह बोहराकी ४० वर्षीया श्रीमती पशुपति र १२ वर्षीय छोरा रिकेशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

राति सुतिरहेको समयमा अचानक आएको पहिरोमो च्यापिएर दुवै जनाको ज्यान गएको हो भने सोही घरको अर्को कोठामा रहेका दुई जना भागेर बाच्न सफल भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएपछि धामीगाउँ प्रहरी चौकीबाट गएको प्रहरी टोली र स्थानीयले दुवै जनाको शव निकालेका छन् भने अन्य क्षतिको विवरण आउन बाँकी रहेको रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्