Tuesday, April 13

हराएकी बहिनी १० वर्ष पछि फेला परिन्, ९ वर्षको भान्जा पनि छन् भन्दा खुसीले गदगद भए दाई (भिडियो हेर्नुस्)

February 28, 2021 390

काठमाडौ । बहिनी भारतमा बस्छिन् । तर आफ्नै माइतीसंग भेट नभएको १० वर्ष भयो । तर सामाजिक सञ्जालको माध्यमवाट कैलालीका कृष्ण सापकोटाले बहिनीलाई १० वर्ष पछि फोनमा कुरा गर्न पाएका छन् ।

बहिनीसंग १० वर्षपछि कुरा गर्न पाउँदा उनको मुहारमा निकै खुसी देखिएको थियो । कैलालीका कृष्णको बहिनी कल्पना दिल्लीमा बस्छिन् । उनको श्रीमान चितवनका हुन् । श्रीमान दिल्लीमा भएका कारण उनी पनि उतै थिइन् ।

कल्पनासंग उनको विवाह भएको १० वर्ष अघि भएको थियो । ९ वर्षको छोरा समेत रहेको कल्पनाका श्रीमानले बताएका छन् । हाम्रो कुनै समस्या मान्न पर्दैन । हामी निकै खुसी छौं । त्यस्तो पिर मान्न पर्दैन ।

उनले यसो भन्दै केही बेरमा कल्पनासंग कुराकानी गराउने वाचा गरे । विवाह गरेर गएपछि कृष्णले बहिनीलाई भेट्ने मौका पाएका थिएनन् । बहिनीका श्रीमानको नाम विष्णु रहेछ ।

बहिनी विवाह गरेर गएपछि सम्पर्क हुन नसकेको कृष्णको भनाई छ । हरेक तिहारमा बहिनीको कमि हुने गरेको कृष्णको भनाई छ । उनले बहिनीको खोजी गरेको १० दिनमै बहिनीसंग सम्पर्क हुन पाएकोमा उनीहरु खुसी भएका छन् । बहिनीले आफै विवाह गरेर गएका कारण सुरुमा अप्ठेरो लागेको र पछि ब्यवहारीक कारणले माइत आउन नपाएको बताएकी छन् ।

बहिनीसंग कुरा भएपछि दाई कृष्णले आफु दिल्लीमा आउने बताएका छन् । उनले आफ्नै आँखाले बहिनीको अवस्थाका बारेमा जानकारी लिने बताएका छन् । उनले घरमा सबैले खोजी गर्दा भेट नभएपछि कतै केही समस्यामा परेकी हुन् की भन्ने शंका लागेको बताएका छन् ।

प्रतिकृया दिनुहोस्