Friday, November 27

सर्वोच्चद्वारा व्यापारी श्रेष्ठको हत्या आरोपी बटालालाई सफाइ

August 6, 2020 117

काठमाडौं, २२ साउन । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्यामा संलग्नमध्येका एक गोविन्दबहादुर बटालालाई प्रत्यक्ष हत्यामा संलग्न नभएको भन्दै सर्वोच्च अदालतले सफाइ दिएको छ ।

रञ्जन कोइरालाको फैसला विवादित भएको एक महिना नबित्दै सर्वोच्चले पुनः सोही प्रकृतिको अर्को फैसलाको पूर्णपाठ सार्वजनिक गरेको हो ।

यस मुद्दाको फैसलामा न्यायाधीशहरु तेजबहादुर केसी र टंकबहादुर मोक्तान संलग्न थिए । केसी यसअघिको रञ्जन कोइरालाको विवादित फैसलामा समेत संलग्न न्यायाधीश हुन् । सर्वोच्च अदालतको संयुक्त इजलासले बटालालाई घटनामा संलग्न नभएको भन्दै सफाइ दिएको हो ।

व्यापारी श्रेष्ठलाई काठमाडौंदेखि चितवनसम्म अपहरण गर्ने काममा बटला प्रत्यक्ष संलग्न थिए । अर्का आरोपित संकल्प भनिने अर्जुन कार्कीलाई जिल्ला र पुनरावेदन अदालतकै फैसला सदर गरी २० रुपैयाँ जरिवाना गरेको हो । बटालाले यसअघि नै ३ वर्ष १५ दिन कैद भुक्तान गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस्