Wednesday, April 14

जेठी श्रीमती हुदा हुदै कान्छी ल्याएपछी जे भयो …

February 25, 2021 102

काठमाडौ । एउटा श्रीमती हुँदाहुँदै अर्को ल्याएपछि विकसित भएको घटनाक्रमवाट कञ्चनपुरमा नराम्रो घटना भएको छ । ६ महिनकी छोरीले बुवा गुमाएकी छन् । परिवारको विरोधका बावजुद कान्छी श्रीमती बन्न आएकी महिलाको पनि सहारा खोसीएको छ । छोरी सौता माथि गै भनेर आमाले पनि यो संसार छोडेपछि अब फेरी माइत फर्केर जाने अवस्था छैन । ६ महिनाको छोरी काखमा लिएर कान्छी श्रीमतीले भन्छिन् मेरो संसार उजाडियो ।

श्रीमान काठमाडौ नेपाल विद्युत प्राधिकरणमा काम गर्थे । अंश लिएर अलग बसेकी जेठी श्रीमती बशन्ती चौधरीले उनलाई काठमाडौवाट बोलाइन् । उनी पहिला कान्छी श्रीमती भएको ठाउँमा आए । अनि जेठीतिर जान लागेका थिए । कान्छीले त्यता नजानु भनेर अनेक बिन्ती गरिन् तर उनले मानेनन् । जेठी श्रीमतीको कोठामा गए । त्यहाँ उनीहरुबीच के भयो थाहा भएन तर भोलीपल्ट श्रीमानको श व देख्नु परेको बताउँछिन् ।

अहिले जेठी श्रीमती जे ल मा छन् । आफ्नो जिवन उजाडियो भन्दै कान्छी श्रीमतीले बिलौना गरेकी छन् । उनले पहिले नै यसवारे आफुलाई अनुमान भएकाले श्रीमानलाई त्यता नजानु भनेर बिन्ती गरेको बताउँछिन् । जेठीले बारम्बार मलाई आएर ड र देखाउँथिन् । यस्तो हुनसक्छ भनेर मलाई पहिले नै शंका लागेको थियो । त्यही भएर नजानु भनेर कति बिन्ती गरे तर मान्नु भएन, आज यस्तो दिन देख्नुपर्यो उनले भनिन् ।

अब उनको काँधमा सानी छोरीको जिम्मेवारी आएको छ भने आफु पनि एक्लिएकी छन् । न माइत जाने ठाउँ छ न घरमा अब कसैको सहारा । एउटा श्रीमती हुँदाहुँदै अर्की श्रीमती ल्याए पछि परिवारमा भएको विवादका कारण यति ठूलो घटना हुनपुगेको गाउँलेको भनाई छ ।

प्रतिकृया दिनुहोस्