Sunday, May 16

पिताद्वा रा ब न्ध क बनाइएकी दुबईकी राजकुमारीको आफ्नै दिदीलाई रि हा गरिदिन लेखिन यस्तो पत्र

February 25, 2021 78

दुबईका शासककी छोरी राजकुमारी लतिफाले बेलायत प्रहरीसमक्ष २० वर्ष अघि क्याम्ब्रिज स्ट्रिटबाट अ प ह रण मा परेकी आफ्नी दिदीको पुनः खोजी गरिदिन आग्रह गरेकी छिन् । बीबीसीसँग साझा गरिएको पत्रमा लतिफाले क्याम्ब्रिजशायर प्रहरीलाई राजकुमारी शम्साको खोजी गरिदिन अपिल गरेकी हुन् । लतिफाका अनुसार शम्सालाई उनकै पिताको आदेशमा अ प ह रण गरिएको हो ।

हाल ३९ वर्षकी र त्यतिबेला १८ वर्षमा रहेकी शम्सा अहिलेसम्म पनि सार्वजनिक रुपमा देखिएकी छैनन् । बीबीसीले यसबारे प्रतिक्रिया लिन खोज्दा दुबई सरकारले प्रतिक्रिया दिन चाहेन । गत हप्ता बीबीसी प्यानारोमाले लतिफाले गो प्य रु पमा खि चेको भिडियो सार्वजनिक गरेको थियो जसमा लतिफाले सन् २०१८ मा भाग्न खोज्दा आफू आफ्नै पिताको आदेशमा प क्राउ परेको बताएकी थिइन् ।

करिब दुई दशक अघि उनकी दिदीले पनि भाग्ने कोसिस गरेकी थिइन् जसमा उनी विफल भएपछि उनलाई पनि कैद गरिएको थियो । सन् २००० को अगस्टमा भाग्ने कोसिस गरेको करिब दुई महिना पछि शाम्सालाई बलपूर्वक क्याम्ब्रिज लगिएको र उनलाई त्यहाँबाट हेलिकोप्टरमा राखेर फ्रान्स पुर्याइएको र पछि नीजि विमानमार्फत् दुबई पुर्याइएको थियो ।

लतिफाले हातले लेखेको चिठ्ठी क्याम्ब्रिजसायर प्रहरीलाई उनका साथीहरुले बुधबार प्रदान गरेका छन् । लतिफाले बेलायती अधिकारीलाई आफ्नो दिदीको पक्षमा कदम उठाउन आग्रह गरेकी छिन् । यो पत्र उनले सन् २०१९ मा जेलमा कैद गरिएका बेला लेखेको बताइन्छ ।

‘म तपाईंहरु समक्ष यत्ति मात्रै आग्रह गर्छु,’ लतिफा लेख्छिन्, ‘कि कृपया तपाईंहरुले यो मुद्दालाई एकपटक पुनः ध्यान दिनुहोस् किनभने यसले उनी स्वतन्त्र पार्न सक्छ…. तपाईंहरुले यसबारे ध्यान दिँदा र सहयोग गर्दा उनी मुक्त हुन सक्छिन् ।’ उनी थप्छिन्, ‘उनको बेलायतसँग निकै गहिरो सम्बन्ध छ । उनले बेलायतलाई असाध्यै माया गर्छिन्, बेलायतमा बिताएका क्षण उनको जीवनको सबैभन्दा प्रिय पलमध्येको हो ।’

लतिफाले पत्रमा मिति २०१८ फेब्रुअरी लेखेकी छिन् । यसो गरेर उनले यो पत्र आफूले भाग्ने योजना बुन्नु अघि नै लेखेको देखाउन चाहन्छिन् । यसका साथै, हि रा सतमा रहँदा पनि बाहिरी दुनियाँसँग आफ्नो सम्पर्क रहेको बारे कसैलाई शं का नहोस् भनेर पनि उनले यसो गरिन् । क्याम्ब्रिजसायर प्रहरीले पहिलो पटक सन् २००१ मा शाम्साको खोजी गरेको थियो । तर अधिकारीलाई दुबई प्रवेशमा रोक लगाएपछि यो मु द्दा पूर्ण रुपमा बन्द भएको थियो ।

प्रतिकृया दिनुहोस्