Saturday, February 27

बलेको जन्मदिनमा प्रिज्माले दिइन् यस्तो उपहार (भिडियो सहित)

February 22, 2021 94

चर्चित हाँस्यटेलिसिरियल ‘सक्किगो नि’ मा बले पात्रको भुमिका निभाउँदै आएका हाँस्यकलाकार सागर लम्साल क्षेत्रीको आज शुभ जन्मदिन परेको छ । उनको जन्म स्याङ्जा जिल्लाको बिरुवा नगरपालिकामा बुबा राजेन्द्र लम्साल र आमा शशी लम्सालको कोखबाट भएको हो ।

‘सक्किगो नि’ टेलिसिरियल सँगै म्युजिक भिडियोमा ब्यस्त रहेका सागर लम्सालको पछिल्लो समय सामाजिक सञ्जालमा प्रेम चर्चा व्यापक चलिरहेको छ । त्यस्तै केहि समय पहिले बले र टिकटक बाट चर्चामा आएकी प्रिज्मा खतिवडाको प्रेम चर्चामा आयो । उनीहरुले पनि प्रेम स्वीकार गरिसकेका छन भने अब छिट्टै बिहेको तयारीमा रहेको पनि बताई सकेका छन ।

“स-परिवार क्यानडा रहेकाले सागरलाई पनि क्यानडा जान दबाब थियो” तर,आफूले क्यानडाको भिसा च्यातेर कलाकारितामा लागेको सागरले बताउँदै आएको छ । उनले अभिनय यात्रा चलचित्र ‘लोफर’ बाट सुरु गरेका हुन् । आफ्नै साथीले निर्माण गरेको चलचित्र हुनाले यस क्षेत्रमा डेव्यु गर्न खासै कठिनाइ नभएको पनि बताउँछन् ।

लोफर पछि उनले निर्माता छविराज ओझाको “लज्जा” चलचित्रमा पनि अभिनय गरेका थिए । एकाएक हाँस्यटेलिसिरियल भद्रगोलमा खेल्न लेखक तथा निर्देशक कुमार कट्टेलले अनुरोध गरेपछि’ सागरको टेलिसिरियलमा इन्ट्री भएको थियो । सायद उनलाई पनि थाहा थिएन होला सिरियलबाट यतिधेरै चर्चामा आइन्छ भनेर, तर रातारात चर्चाको शिखरमा पुगेका सागर लम्सालको अहिले पनि चर्चा लोभलाग्दो छ ।

जन्म दिनकै अवसरमा बलेले आफ्नो अफिसीएल युट्युब च्यानल बले इन्टरटेनमेन्टमार्फत साडी मलमल बोलको गीत सार्बजनिक गरेका छन्। आईतबार बलेले प्रेस मिट गर्दै जन्मदिन मनाएका छन्।

र केक समेत काटेका छन्। बलेको जन्मदीनमा धेरै कलाकार हरु उपस्थिति भएका थिए। खास गरि प्रिस्मा, प्रिनसी बलेले प्रिस्माको बिषयमा पनि आफ्नो अभिवाक्ति दिएका छन्। बले भन्छन मेरो लागि प्रिस्मा, प्रिनसी दुवै एक हुन्। र बले ले प्रेमिका पनि सार्बजनिक गरेका छन् (भिडियो सहित)

प्रतिकृया दिनुहोस्