छोरीले प्रहरीमा जागीर खाएको बुवालाई मन नपरेपछि ..

February 22, 2021 121

एजेन्सी । छोरीले पढोस्, जागीर खाओस् र आफ्नो खुट्टामा उभ्भियोस् भन्ने चाहाना कमै आमा बुवाको हुन्छ । समाजमा यस्ता मानसिकता गरेका अभिभावकहरु पनि छन् जस्ले छोरीले पढेको, प्रगति गरेको र बाहीर गएर जागीर खाएको रुचाउँदैनन् । अझैं पनि छोरी घरभित्रै बस्नु पर्छ र घरको कामकाज गर्नु पर्छ भन्ने सोंच धेरै समूदायका अभिभावकहरुमा रहेको छ ।

यस्तै सोंच अफ्गानिस्तानको एक बुवामा पनि छ । जस्ले आफ्नी छोरीले बाहीर गएर जागीर खाएको मन पराएका थिएनन् । जस्को कारण उनले केही मानिस लगाएर आफ्नै छोरीको आ’खाँ फु ‘टाई दिएका छन् भने छोरी गो ‘ली ‘हा’न्न पनि लगाएका छन् । उनी छोरी अहिले अस्पतालमा छिन् । जस्को दुवै आखाँको ज्योति गएको छ । अफ्गानीस्तानकी ३३ वर्षकी खातिरा नाम गरेकी ती महिलालाई तीन जना मोटर साईकलमा आएका मानिसहरुले अफगानिस्तानको मध्य गज्नी प्रान्तमा रहेको पुलिस स्टेशनको जागिर खाएर बाहिर निस्किरहेको बेला घटना घटाएका थिए ।

ती तीन पुरुषले उनलाई गो’ ली हा ‘ने र च’क्कूले दु’बै आँ’खा घों”चिदिएर भा’गेका थिए । ‘घटनापछि उनलाई नजिकैको अस्पतालमा पुर्याईएको थियो । हो’स् खु’लेपछि उनले डाक्टरलाई आफुले पुरै अध्याँरो देखेको बताईन् । डाक्टरले आखाँमा चो’ट लागेको हुनाले पट्टी बाँधेको बताएका थिए । डाक्टरहरुले नभन्न नचाहेपनि आफुलाई भने केही समयपछि यो घटनाको बारेमा थाहा भएको उनले बताएकी छन् ।

स्थानीय निकाय र उनी स्वयंले आफूलाई ता’लि’बा’नी सैनिकले गरेको आ’रो’प लगाएकी छिन् । ता’लि’बा’नले उक्त आ’क्र’म’णमा आफ्नो सं’ल’ग्नता अस्विकार गरेको छ । खातिराका अनुसार उनीहरुले उनको बुवाले दिएको सूचनाको आधारमा उनलाई यस्तो गरेका हुन् । उनका बुवालाई छोरी घरबाहिर काम गरेको कुरा फिटिक्कै चित्त बुझेको थिएन । उनी यसको वि’रो’धी थिए ।

खातिराका लागि उक्त घटनाले उनको आँखाको ज्योति मात्रै खो’सेन, यसले उनको सपना तुहायो । स्वतन्त्र करियर प्राप्तिका लागि उनले ठूलो संघर्ष गर्नुपरेको थियो । उनी गज्नी पुलिसको अ’प’रा’ध शाखामा केही महिना अघि मात्रै अफिसरको रुपमा नियुक्त भएकी थिइन् । ‘मैले कम्तीमा एक वर्ष प्रहरीको रुपमा काम गर्न पाएको भए हुन्थ्यो । ममाथि यस्तो हुनु नै थियो भने पनि एक वर्षपछि भएको भए, यो कम पी’डादायी हुन्थ्यो । ममाथि निकै छिटो यस्तो घटना भयो । म तीन महिनाका लागि मात्रै काममा गएँ र मैले छोटो समयका लागि मात्रै आफ्नो सपना बाँच्न पाएँ,’ उनले रोयटर्सलाई भनिन् ।

खातिरा वाल्यकालदेखि नै घरबाहिर काम गर्ने सपना देख्थिन् । उनले आफ्नो बुवालाई मनाउने लाख कोसिस गरिन् तर सफल हुन सकिनन् । तर उनले आफ्नो श्रीमानको भने समर्थन पाइन् । उनका अनुसार तर उनका बुवाले छोरी घरबाहिर काम गरेको हेर्न नै चाहेनन् । ‘म ड्युटी जाँदा मैले धेरैपटक बुवाले पिछा गरिरहेको देख्थेँ उनले तालीबानलाई सम्पर्क गर्न थाले र मलाई आफ्नो काममा जानबाट रोक्न अह्राए,’ उनले भनिन् ।

उनका अनुसार उनका बुवाले ता’लि’बा’नलाई उनको आइडी कार्डको फोटोकपीसमेत उपलब्ध गराए । गज्नी प्रहरीका प्रवक्ताले खातिराको घटनामा संलग्नता रहेको कुरामा आफूहरु विश्वस्त रहेको बताए । खातिराका बुवालाई प’क्रा’उ गरिसकिएको छ । यता ता’लि’बा’नका प्रवक्ताले आफूहरुलाई घटनाबारे जानकारी भएको तर उक्त घटना पारिवारिक मामिला भएकोले आफ्नो यसमा कुनै पनि संलग्नता नभएको भन्दै स्पष्टिकरण दिए ।

हाल खातिरा र उनको परिवार, पाँच सन्तानसहित काबुलमा लुकेर बसिरहेका छन् जहाँ उनी निको हुने प्रक्रियामा छिन् र आफ्नो गुमाएको करियरका लागि अत्यधिक पिरलोमा छिन् । उनलाई निद्रा लाग्दैन, मोटरसाइकलको आवाज सुन्नेबित्तिकै उ फ्रन्छिन् र आफ्नो संयुक्त परिवारसँग कुनै पनि सम्पर्कमा रहेकी छैनन् । उनी आमासँग पनि सम्पर्कमा छैनन् । उनकी आमाले उनलाई बुवालाई प’क्रा’उ गराएको भन्दै आ’रो’प लगाएकी छिन् ।

खातिरा विदेशमा रहेका डाक्टरले आफ्नो आँखाको ज्योति थोरै मात्र पनि फर्काउन सक्ने हुन् कि भन्ने कुरामा उनी निकै आशावादी छिन् । ‘यदि यो सम्भव भए, यदि मेरो आँखाको ज्योति फकिए, म आफ्नो काममा फर्कनेछु र प्रहरीको रुपमा पुनः आफ्नो जिम्मेवारी सम्हाल्नेछु । यो मेरा लागि निकै महत्वपूर्ण छ किनभने घरबाहिर काम गर्नका लागि म वाल्यकालदेखि नै लालायित थिएँ,’ उनले भनिन् ।

प्रतिकृया दिनुहोस्