August 6, 2020 163
इलाम, २२ साउन । इलाममा बिहीबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु सवै इलाम नगरपालिका ७ मा रहेको शसस्त्र प्रहरीको गणका प्रहरीहरु रहेको स्वास्थ्य कार्यालयका फोकल प्रसन विमल बरालले जानकारी गराउनुभयो
संक्रमित मध्ये १० जनालाई कोरोना उपचार केन्द्र पठाइएको र बाँकी ६ जना व्यारेकमै सेल्फ आइसोलेसनमा रहेको पनि बरालले जानकारी गराउनुभयो ।
इलाममा आज थपिएका १६ जना सहित संक्रमितको संख्या ७६ पुगेको छ । अहिलेसम्म इलाममा ३२ जना संक्रमित निको भएर घर फर्केका छन्
प्रतिकृया दिनुहोस्