Sunday, May 16

उसले निकै प्रयास गर्यो तर मैले दिएन ….

February 19, 2021 54

काठमाडौ । बाँकेको नेपालगन्ज–६ फुल्टेक्रास्थित एक सामुदायिक विद्यालयबाट घर जाँदै गरेकी १५ वर्षीया ती किशोरी माथि भएको घटनामा किशोरीले अझै न्याय पाएकी छैनन् । उनलाई वाटोमै कर णी प्र यास भएको थियो । उनले प्रतिरोध गर्दा झन्डै मृत्युको मुखमा पुगिनन् ।

घटना भएको ११ दिन सम्म पनि उनी बोल्न न सक्ने अवस्थामा छन् । किशोरीका अभिभावकका अनुसार, नेपालगन्जस्थित बसपार्क रोडको एउटा होटलमा लगेर कर णी यो’जना बनाएका २१ वर्षीय युवाले विद्यालयबाट फर्कंदै गरेकी ति किशोरीलाई दि’उँसै ध म्की दि’ एका थिए ।

‘मसँग चु’पचा’प न’हिंडे यहीं मा’ रि दि’न्छु भ’नेर एक हा’तले घाँ ‘टीमा स’लभि’त्रबाट’ ब्ले’ ड रा’ख्यो, अर्को हा’त स’माते’पछि म बो’ल्नै स’किंन,’ स’रासर’ होटलमा ल’गेर कर णी प्र यास गरेको सम्झँदै किशोरीले भनिन्, ‘कुनै हालतमा न’दिए’पछि मेरो यस्तो अवस्था बनाए । ला /त्ती ले निरन्तर अ’नु’हार’मा हा/ ने ।

उनीहरु किशोरीको मृत्यु भयो भन्ने सोचेर त्यहाँवाट हिँ’डे । किशोरीको भनाइ थियो ‘पछि हो स् खुलेपछि रो ए को सुनेर होटलवाला आएर अस्पताल पु¥याए ।’ माघ १६ गते शुक्रवार, शीतलहर, हुस्सु र कुहिरोले ढ’पक्क ढा केर एकाबिहानजस्तो लाग्ने त्यो दिन सम्झँदै किशोरीले भनिन्, ‘नजिकैको मानिसपनि नदेखिने अवस्था थियो । हात समातेर आफन्तले घरतिर लगेजस्तै मलाई डो’र्याउँदै होटल लिएर गए ।

तीन दिन अघिमात्रै किशोरीकी आमाले जिल्ला प्रहरी कार्यालय बाँकेमा कि टा नी जा हे री दिएको भएपनि उनले न्याय पाएकी छैनन् । नेपालगन्जको स्थानिय मिडिया दैनिक नेपालगन्जमा पुगेकी किशोरीकी आमाले भनिन्, यति ठूलो घटनामा प्रहरीले आफै अनुसन्धान गर्छ भन्ने सोचेकी थिए तर तीन दिन अघि प्रहरी कार्यालय जाँदा सम्म पनि केही भएको रहेनछ । अहिले कि टा नी जा हे री दिएर आएकी छु ।

किशोरीलाई सि ध्या उन खोजेको देखिएको प्रहरीको भनाई छ । प्रहरीक कार्यालय बाँकेका प्रहरी निरीक्षक इश्वरदेव गिरीले घटनाको अनुसन्धान भैरहेकाले धेरै कुरा भन्न नसकिने प्रतिक्रिया दिए ।

यो पनि : यस्तो छ बोर्डको पर्यटन प्रवद्र्धनको नयाँ रणनीति

कोभिड–१९ महामारीबाट नराम्ररी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपाल पर्यटन बोर्डले सरोकारवालासँगको छलफल तथा साझेदारीमा रणनीतिक कार्यक्रमका साथ अघि बढ्ने जनाएको छ ।

कोभिडबाट प्रभावित बनेको पर्यटन क्षेत्रका अवस्था र आगामी रणनीतिबारे आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै बोर्डले पर्यटन प्रवद्र्धनका तत्कालीन र दीर्घकालीन कार्यक्रमबारे जानकारी गराएको हो । पर्यटन विषयमा लेख्ने विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा पर्यटन व्यवसायीबीच आगामी पर्यटन प्रवद्र्धन रणनीतिबारे जानकारी गराउदै बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले कोभिडको अवधिमा भएका काम र आगामी प्रवद्र्धनका कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कोभिडकै कारण सन् २०२० का लागि घोषणा गरिएको नेपाल भ्रमण वर्ष अभियान स्थगन भयो । महामारीकैबीच बोर्डले विभिन्न गतिविधि भने सञ्चालन गरेको छ । पर्यटकीय तथ्याङ्क व्यवस्थापन, आन्तरिक गन्तब्यको प्रवद्र्धन, डिजिटल माकेर्टिङका साथै कोभिड सामान्य भएपछि अन्तर्राष्ट्रिय गन्तब्यमा गरिने प्रवद्र्धनका योजना कार्यक्रमको तयारीमा बोर्ड जुटेको छ ।

दक्षिण एशियाका भारतलगायत मुलुकको पर्यटन प्रवद्र्धनमा विशेष चासो दिइएको छ । महामारीकैबीच बोर्डले गरेका काम तथा आन्तरिक एवं बाह्य पर्यटन पुनरुत्थानका लागि अबका दिनमा अवलम्बन गर्नुपर्ने नीति तथा कार्यक्रमबारे सञ्चारकर्मीलाई जानकारी गराएको हो । कोभिडविरुद्धको खोप नेपालमा समेत आइसकेको अवस्थामा नेपाल सुरक्षित गन्तव्य हो भन्ने सन्देश सँगसँगै आन्तरिक पर्यटन प्रर्वद्धनका कार्यक्रमका माध्यमबाट कोभिडले थलिएको पर्यटनलाई चलायमान बनाउन रणनीतिक योजनाका साथ अघि बढेको बोर्डका कार्यकारी प्रमुख डा रेग्मीले बताउनुभयो ।

महामारीको पहिलो चरणमा बोर्डले नेपालका विभिन्न ३३ जिल्लामा रहेका ६० देशका नागरिकको खोजी गरेको थियो । लुक्ला, पोखरा तथा अन्य स्थलबाट करीब करीब एक हजार ७२१ विदेशी पर्यटकको उद्धार गरी सम्बन्धित मुलुक फर्काउनका लागि सहजीकरण गरिदिएको थियो ।

चीनमा कोभिडको सङ्क्रमण शुरु भएदेखि नै अन्य बजारको सम्भाव्यता खोजी गर्न बोर्डले निजी क्षेत्रको सहभागितामा १२ वटा कार्यदल गठन गरी भारत, दक्षिण एशिया, बुद्धिष्ट देशहरू, मध्यपूर्वका देश, युरोप र रसिया, अष्ट्रेलिया र न्युजिल्याण्ड, अफ्रिका, नर्थ अमेरिका, साउथ अमेरिका चीन, नर्र्थ इस्ट एशियालगायत विश्वका विभिन्न १२ वटा पर्यटन स्रोत बजारको अध्ययन गरेको थियो ।

महामारीकै अवस्थामा पर्यटनलाई चलायमान बनाइराख्न बोर्डले हेल्थ एण्ड हाइजिन प्रोटोकल तयार गरि नेपाली तथा अंग्रेजी भाषामा वितरण ग¥यो । पर्वतीय पर्यटनसम्बन्धी मापदण्ड तथा स्पा, रात्रिकालीन व्यवसायमा मापदण्ड बनाएर सचेतना अभिवृद्धिको कार्य गरिएको छ । बोर्डले भर्चुअलमाध्यमबाट अन्तर्राष्ट्रिय मेला, फोरममा सहभागिता जनायो ।

दिर्घकालीन कार्यक्रमअन्तर्गत नेपालको बहुआयामिक पर्यटनमा तथ्याङ्कलाई डिजिटल डाटावेशमा राख्न बोर्डले ‘डिजिटल डेटावेस फर टुरिज्म प्लानिङ’ का लागि त्रिभुवन विश्वविद्यालयको केन्द्रीय भूगोल विभागसँग सम्झौता गरी कार्य अघि बढाएको छ ।

त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा एकीकृत तथ्याङ्क प्रणाली अभिमुखीकरण तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिएको बोर्डले जनाएको छ । यसबाट पनि नेपालमा पर्यटकको आवागमन तथा उसको बसाईलगायतका विषयमा थप तथ्याङ्क उपलब्ध हुनेछ । छिट्टै ‘टुरिज्म स्याटेलाइट अकाउन्ट’ शुरु गर्नेगरी आवश्यक तयारी सकिएको बोर्डका कार्यकारी प्रमुख रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार सन् २०२१ को पर्यटक आगमन एक लाखको सङ्ख्या पुगेपछि यो प्रक्रिया शुरु गरिनेछ ।

यस्तै नेपाली सेनासँगको सहकार्यमा गोर्खादेखि काठमाडौँसम्मको एकीकरण मार्ग अध्ययन, गढी तथा किल्लाको प्रोफाइल, सिन्धुलीगढी क्षेत्रको गुरुयोजना, यस्तै रारा ताल क्षेत्रको बृहत्तर गुरुयोजना तयार गरी डिपिआरसहितको बृहत्तर गुरुयोजना, युद्ध सङ्ग्रहालयको योजना निर्माण, रुकुम जिल्लाअन्तर्गत भूमे तथा सिस्ने गाउँपालिकामा रहेको युद्ध सङ्ग्राहलयको डीपिआर तयार भएको छ ।

बदलिँदो परिस्थतिमा नेपालको पर्यटनलाई सबै सिजनको पर्यटनका रुपमा विकास गर्न, पर्यटकको बसाई अवधि र खर्च बढाउन बोर्डले योजनाबद्ध कार्यक्रम अघि बढाएको छ । यसमा नेपालको पर्यटनमा नयाँ पूर्वाधारको विकास, विस्तार तथा क्षेत्रगतरुपमा हिमाल आरोहण तथा पदयात्रा, पहाडमा हिल स्टेशनसहितको पर्यटकीय केन्द्र र तराईमा क्यासिनोसहितका पर्यटकीय पूर्वाधार तथा गतिविधि विस्तार गर्नु पर्दछ । यसैअनुसारको अवधारणा तय गरी काम अगाडि बढाइएको बोर्डले जनाएको छ ।

पर्यटन प्रवद्र्धनका लागि बोर्डले पहिलो तीन महीना विश्व समुदायलाई नेपाल खुला छ भन्ने सन्देश प्रवाह गर्ने, दोस्रो तीनदेखि छ महिनामा पर्यटन क्षेत्रले आफूलाई पूर्णरुपमा तयार राख्ने र छ महिनापछि पुरानै अवस्थामा फर्किने गरी रणनीति बनाउनेतर्फ बोर्डले सरोकारवालासँगको सहकार्यमा आवश्यक काम गरिरहेको जनाएको छ ।

यो पनि : एशियाकै पहिलो सुरुङमार्गको पुनःनिर्माणका लागि बोलपत्र आह्वान

एशियाकै पहिलो मानिएको चुरियामाई सुरुङमार्गको पुनःनिर्माणका लागि विहीबार बोलपत्र आह्वान गरिएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले करिब रु पाँच करोडको अधिकतम सीमाभित्रमा सुरुङमार्गको निर्माण सम्पन्न गर्न सक्ने ठेकेदार कम्पनीलाई प्रस्ताव प्रस्तुत गर्न आह्वान गरेको यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा सहदेवबहादुर भण्डारीले जानकारी दिनुभयो । प्रदेश सरकारले उक्त सुरुङमार्गको पुनःनिर्माण गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना अघि सारेको छ । सुरुङसँगै सुन्दर टोनी हेगन उद्यानलगायतको संरचना निर्माण गरिने प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फँुयालले जानकारी दिनुभयो ।

प्रदेश–२ को बारा र वाग्मती प्रदेशको मकवानपुरलाई जोड्ने चुरियामाई सुरुङमार्ग आजभन्दा १०४ वर्ष अघि सन् १९१७ मा राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण भएको हो । उक्त मार्गबाट विसं २०२० सम्म सवारी आउजाउ हुने गरेको अग्रजहरु बताउँछन् ।

विसं २०१८ तिर चुरियामाई सुरुङमार्ग हुँदै यात्रा गर्नुभएका प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका अनुसार उक्त सुरुङमार्ग सञ्चालनताका भारतबाट बाराको अमलेखगञ्जसम्म रेलसमेत आउँथ्यो । रेलपछिसम्मै चले पनि सुरुङमार्ग भने बन्द भयो । अग्रजहरुका अनुसार उक्त मार्ग निर्माणताका अमलेखगञ्जबाट मकवानपुरको भीमफेदीसम्म मोटर बाटो पुगेको थियो । भीमफेदीबाट काठमाडौँ जाने मोटरबाटो नभए पनि साना गाडी बोकाएरै काठमाडौँ पुर्याइन्थ्यो । अमलेखगञ्ज–भीमफेदी मार्गको बारा र मकवानपुरको सिमाना चुरेमा भने मोटर उक्लन निक्कै गाह्रो थियो । ठाडो उकालो भएका कारण मोटर उक्लन नसक्ने र उक्लिहाले पनि सामान धेरै लैजान नसक्ने, समय र इन्धनको समेत खर्च बढी हुने भएपछि तत्कालीन राणा सरकारले विकल्पमा त्यहाँ सुरुङ खनेको थियो ।

आजभन्दा १०४ वर्षअघि बनेको त्यो सुरुङ नेपालको पहिलो त थियो नै त्यतिखेर एशियामै सुरुङमार्ग नभएको त्यही समय नेपाल आएका भूगोलशास्त्री टोनी हेगनले आफ्नो आत्मकथामा लेख्नुभएको छ । उहाँले आफ्नो पुस्तकमा यस सुरुङलाई विश्वको आठौँ आश्चर्यका रूपमा उल्लेख गर्नुभएको छ । स्वीट्जरल्याण्डबाट नेपालको खानीलगायतको भौगर्भिक अवस्थाको अध्ययन गर्न नेपाल आउनुभएका हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किङ्डम अफ नेपाल’ मा यो सुरुङमार्गले आफूलाई आश्चर्यचकित बनाएको उल्लेख गर्नुभएको छ ।

यातायात प्रयोजनका लागि निर्माण भएको दक्षिण एशियाकै पहिलो चुरियामाई सुरुङमार्गले ऐतिहासिक महत्व राख्दछ । चुरियामाई सुरुङमार्ग नेपाली सेनाका कर्णेल इञ्जिनीयर डिल्लीजङ्ग थापाको नेतृत्वमा निर्माण गरिएको थियो । विसं १९७४ मा चन्द्रशम्शेरले बनाउन लगाएको यो मार्ग ५०० मिटर लम्बाइको थियो । हाल पहिरोले एकापट्टिको भाग पुरिएपछि यो मार्गको २८० मिटरमात्र बाँकी रहेको छ ।

नेपालका पहिलो इञ्जिनीयर थापाले डिजाइन र निर्माण गराएको यो सुरुङमार्ग नजिकै चर्चित शक्तिपीठ चुरियामाईको मन्दिर छ । इञ्जिनीयर थापाले सुरुङ खन्न थालेपछि उहाँलाई सपनामा देवीले ‘म बसेको ठाउँमा बाटो खनिस् त्यसको सट्टामा एउटा मन्दिर बनाएर मलाई स्थापना गर्’ भनेका कारण थापाले मन्दिर बनाएको किंवदन्ती पाइन्छ ।

प्रतिकृया दिनुहोस्