Wednesday, April 14

आँशु झार्दै नायिका स्वेता खड्काले दिईन स्पष्टिकरण- ‘मेरो ब्यक्तिगत जिवनमा पनि आक्षेप लाग्यो, अब म चुप लागेर बस्दिन’(भिडियो)

February 18, 2021 68

काठमाडौ । भर्खरै विवाह बन्धनमा बाँधिएकी नायीका श्वेता खड्का अहिले फरक प्रशंगले चर्चित भएकी छन । उनले श्वेता श्री फाउण्डेशन मार्फत निर्माण गरेको सिन्धुपाल्चोकको माझी बस्तीका कारण चर्चामा छन् । श्वेता आफै प्रत्यक्ष संलग्न भएर निर्माण भएको माझी बस्तीका बारेमा अहिले उनले निकै नकारात्मक टिप्पणी सहनु परेको छ । उनले अहिले सम्मकै निकै ठूलो पी डा सहनुपरेको बताएकी छन् ।

फेसवुकमा लामो स्टाटस लेख्दै उनले माझी बस्ती ऋणमा डुवेको भने पछि उनलाई सहयोग आउनुको साटो झन टिकाटिप्पणी सुरु भयो । आफुले जन्माएर हुर्काउदै गरेको माझी बस्तीका बारेमा केही मिडियाहरुले नकारात्मक टिप्पणी गर्दा आफुलाई भन्दा पनि माझी बस्तीलाई असर पर्ने बताएकी छन् । उनले फिल्ममा भिलेन हुँदा फिल्म जति रोचक हुन्छ त्यस्तै माझी बस्तीका बारेमा टिकाटिप्पणी गरेर आफ्नो जिवन र माझी बस्तीलाई रोचक बनाएको टिप्पणी गरिन् ।

उनले नामै नचलेका युट्युवहरुले मेरो र सहयोग गर्नेहरुबीच भ्रम फैलाउने काम गरेको बताएकी छन् । उनले फाउण्डेशनमा आएर कसैले पनि बुझ्ने कोशिष नगरेको बताएकी छन् । माझी बस्ती निर्माणको ९० प्रतिशत काम सकिएपछि उनी माथि नकारात्मक टिप्पणी आएका छन् ।

उनलाई ब्यक्तिगत जिवनसंग जोडेर पनि टिप्पणी गरेकोमा उनलाई दुख लागेको बताइन् । उनले त्यसरी भ्रम फैलाउनेहरुका बारेमा बोल्नुभन्दा पनि कामवाट जवाफ दिन चाहेको भएपनि नकारात्मक टिप्पणी गर्न नछोडेपछि अब भने आफु चुप लागेर नबस्ने बताएकी छन् ।

आफु माझी बस्ती जाँदा भुकम्पले घरवार विहिन भएकाहरु एउटा सानो झुपडीमा ६, ७ जना बसेको देखेकी थिइन् । उनीहरुले हामी आफै बस्ती बनाउँछौ तपाईहरुले नेतृत्व गरिदिनु भनेर आग्रह गरेका कारण त्यसमा आफु लागेको बताएकी छन् । उनले वस्ती निर्माण गर्दा एक रुपैया पनि हिनामिना गरेको भए कारवाही सहने बताएकी छन् ।

प्रतिकृया दिनुहोस्