Tuesday, April 13

दिनेशले घटनास्थलमा प्रहरीलाई देखाए भागरथीको हराएका यस्तो बस्तु

February 18, 2021 140

काठमाडौ । बैतडीमा भागरथी भट्टको घटना अनुसन्धानमा खटेको प्रहरीले घटना भएको यति धेरै दिन पछि भागरथीको हराएका केही बस्तु फेला पारेको छ । भागरथीले घडी लगाएकी थिइन् । तर उनको शव फेला पर्दा घडी उनको हातमा थिएन । घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका दिनेश भट्टले प्रहरीलाई घटनास्थलमा खसेको घडी देखाएका छन्।

मंगलबार पक्राउ परेका भट्टलाई बुधवार प्रहरीले सार्वजनिक गरेको थियो । उनले नै भागरथीको घटी घटनास्थल आसपासमै रहेको बताएका थिए । उनको वयानका आधारमा खोजी गर्न घटनास्थल गएको प्रहरीले घडी फेला पारेको छ । दिनेशले भनेकै स्थानमा घडी फेला परेको हो ।

उनले भागरथीको जुत्ता भेटिएको ठाउँबाट पश्चिमतर्फ रहेको खोल्सामा घडी फा ले को बयान प्रहरीलाई दिएका थिए । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले पनि अभियुक्तले बताएअनुसार खोजी गर्दा घडी घटनास्थल नजिकै फेला परेको पुष्टि गरेका छन् ।

विद्यालयवाट घर फर्कने क्रममा हराएकी भागरथीको माघ २२ गते शव फेला परेको थियो । प्रहरीले उनको कर णी पछि ह’ त्या गरेको जनाएको छ । तर पक्राउ परेका दिनेशले कर णी गरेको कुरा भने अस्वीकार गरेका छन् ।

घटना भएको दुई हप्तापछि प्रहरीले मंगलबार भागरथीकै भाइ नाता पर्ने प्रहरीकै शब्दमा अन्दाजी १८ वर्षीय किशोर दिनेशलाई पक्राउ गरि बुधबार सार्वजनिक गरेको थियो।

प्रतिकृया दिनुहोस्