Tuesday, April 13

कसैले सहयोग नगरेपछि श्रीमानको शवलाई ठेलामा राखेर एक्लै मसानघाट पुर्याइन यी महिलाले, देख्नेहरु सबै रोए

February 18, 2021 68

एजेन्सी-भारतको कर्नाटकमा एक महिलाले आफ्ना श्रीमानको शबलाई ठेलामा राखेर एक्लै मसानघाट सम्म पुर्याएकी छन् । कोरोना भाइरसको डरले कसैले पनि सहयोग नगरेपछि कर्नाटकको बेलगाम जिल्लाकी

ति महिलाले श्रीमानको शवलाई ठेलामा राखेर मसानघाट पुर्याएकी हुन् । आफ्ना दुई छोरालाई साथमा लिएर ती महिला लोग्नेको शवलाई ठेलामा बोकेर अन्तिम संस्कारको लागि गएको भारतिय मिडियाले जनाएका छन् ।

। एम्बुलेन्समा लैजानको लागि पैसा नभएपछि दुई छोराको साहाराले त्यसरी ठेलामा राखेर लगेको बताइएको छ । ५५ वर्षीय श्रीमान् सदाशिव हिरत्तीको मुटु सम्बन्धी बिमारीका कारण घरमै ज्यान गएको थियो । ती महिलाले सहयोग माग्दा कसैले सहयोग नगरेपछि श्रीमानको शवलाई कपडामा बेरेर अन्तिम संस्कारको लागि आफै गएको समाचारमा जनाइएको छ ।

प्रतिकृया दिनुहोस्