Tuesday, March 9

बोल्नेको पिठो बिक्दो रहेछ , नबोल्नेको चामल पनि नबिक्दो रहेछ (भिडियो)

February 17, 2021 55

सिन्धुपाल्चोकमा निर्माणाधिन रहेको माझी बस्तीका बारेमा अनेक टिकाटिप्पणी र आरोप लागेपछि अभिनेत्री श्वेता खड्का पहिलो पटक सार्वजनिक अभिब्यक्ति दिन टेलिभिजन अन्तरवार्तामा पुगेकी छन् । उनले हिमालय टेलिभिजनको यक्ष प्रश्न कार्यक्रममा पहिलो पटक सार्वजनिक अभिब्यक्ति दिएकी छन् । माझी बस्ती ऋणमा डुवेको र सहयोग गर्छु भनेर आश्वासन दिएकाहरुले पनि पैसा नदिएको भन्दै उनले फेसवुकमा स्टाटस लेखेपछि त्यसवारे निकै टिकाटिप्पणी भएको थियो ।

श्वेताले श्वेताश्री फाउण्डेशन मार्फत सिन्धुपाल्चोकमा माझी बस्ती निर्माणको काम थालेकी थिइन् । उनका पूर्व तथा दिवंगत पति श्रीकृष्ण श्रेष्ठको जन्मस्थान भएका कारण त्यो ठाउँ आफ्नो लागि निकै प्रिय भएकाले सामुहिक बस्ती निर्माण गर्ने घोषणा सहित काम थालेकि थिइन् । वस्ती निर्माणको ९० प्रतिशत काम पनि सकिएको छ । तर अहिले श्वेताले दोस्रो विवाह गरेपछि र विवाहमा देखिएको तामझामलाई लिएर उनको स्टाटस माथि टिप्पणी गरिएको हो ।

उनले श्वेता श्री फाउण्डेशनको नाम पनि परिवर्तन गरेर श्वेता मात्र राखेको र वस्ती निर्माणको कामवाट समेत हात झिकेको आरोप लगाइएको थियो । उनले विवाहमा गरेको तामझाम र माझी बस्तीमा लागेको ऋणलाई पनि जोडेर टिप्पणी गरिएको छ । उनले यि सबै आरोपको जवाफ अन्तरवार्तामा दिएकी छन् । कार्यक्रम यक्ष प्रश्नमा उनले, माझी बस्ती आफ्नो नभएर माझी बस्तीको बताएकी छन् । जहिले सम्म श्वेता बाँचिरहन्छ त्यतीञ्जेल माझी बस्तीलाई ऋण मुक्त बनाउने बताएकी छन् । उनले आफ्नो मान हा नी हुनेगरी टिप्पणी आएकाले बोल्नै पर्यो भनेर अन्तरवार्ताको लागि आएको पनि बताएकी छन् ।

प्रतिकृया दिनुहोस्