Thursday, March 4

..त्यसपछि उनले ज्यान लिए !

February 17, 2021 76

काठमाडौ । वैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको घटनामा प्रहरीलाई ठुलो सफलता मिलेको छ । प्रहरीले घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका ब्यक्तिलाई बुधवार सार्वजनिक गर्ने भएको छ । पक्राउ परेका ब्यक्ति उनकै सहपाठी र नातेदार पनि भएको प्रहरीले जनाएको छ ।

घटनामा उनी अध्ययनरत विद्यालयमा पढ्ने एक किशोरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। भागरथी मृ त भेटिएको १३ औँ र बे प त्ता भएको १४ औँ दिनमा प्रहरीले ती किशोरलाई पक्राउ गरेको पुष्टि गरेको छ। उनी भागरथीकै गाउँ बैतडी दोगडाकेदार गाउँपालिका ७ का दिनेश भट्ट रहेको बताइएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले पक्राउ परेका किशोरलाई बुधबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने बताएका छन्।

उनले बयानका क्रममा घटना स्वीकार गरिसकेका छन् । भट्ट थरका ती किशोर पनि भागरथीकै छिमेकी र नातेदार रहेको खुलेको छ। भागरथी अध्ययनरत बैतडीको दोगडाकेदार गाउँपालिकाकै सनातन धर्म माध्यमिक विद्यालयमा ११ कक्षामा अध्ययनरत उनले घटना स्वीकार गरेका छन्। भागरथीको परिवारसँग आफ्नो परिवारको पूरानो रिसिबीका कारण उनको ह \त्या गरिदिएको बयान उनले प्रहरी सामु दिएको प्रहरी स्रोतले जनाएको छ।

सनातन धर्म माविमाको कक्षा १२ मा पढ्ने भागरथीलाई दिनेशले लामो समयदेखि एकतर्फी रुपमा मन पराएको र १३ दिनअघि स्कुलबाट एक्लै फर्किएको मौ’का छो’पे’र यो घटना घटाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। पोस्टमार्टम रिपोर्टले उनको कर णी पछि घाँ’ ‘टी नि’मो”ठे’र ज्या ‘न लिएको देखाएको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार उनले सुरुमा भागरथीलाई भी’रबाट ल ‘डा’ए’को र घा’इते अ’वस्थामा कर णी ग’रे’को बयान दिएका छन्। दोषीलाई कारवाहीको माग गर्दै पी’डित पक्षले अस्पतालमै श’व छाडेर आन्दोलन गर्दै आएको छ।

निर्मला पन्त प्रकरणमा असफल देखिएको प्रहरी भागरथी घटनाका दोषी जसरी पनि पत्ता लगाएर गुमेको विश्वास फर्काउने जोसमा थियो। ‘निर्मला घटनामा धेरै त्रु’टि थिए, त्यो हाम्रा लागि सिकाइ पनि रह्यो, त्यही सिकाइबाट हामीले भागरथीको घटनामा अब्बल अनुसन्धान गरेका छौं। प्रदेशभरिका अनुसन्धानविज्ञ यस घटनामा खटिएका छन्, सीआईबीको प्राविधिक टोली पनि यतै छ। त्यसैले दोषी उम्किदैनौं’, डीआईजी सुवेदीले भने।

भागरथीका दुई दिदी र एक जना दाइ छन्। दिदीहरू तुलसी र पार्वतीको बिहे भइसकेको छ। स्थानीय भूमिराज माविमा १० कक्षासम्म पढेका केशव घरको आर्थिक अवस्था कमजोर भएकाले बहिनीलाई पढाउनका लागि मजदुरी गर्न भारतको राजधानी दिल्लीमा थिए। लकडाउनका बेला घर फर्किएका केशव बुवाकोे किरिया गरेर माघ ३ गते दिल्ली गएका थिए।

घटना भएकै दिनदेखि प्रहरीको निगरानीमा रहेका उनलाई सोधपुछपछि छोडिएको थियो। ती युवक भागरथीको न्यायका लागि हुने प्र र्द श नमा समेत सहभागी हुने गरेका थिए। अ भि योग पुष्टि हुने सबुत प्रमाण समेत मिलेपछि प्रहरीले पक्राउ गरि उनलाई मंगलबार राति नै जिल्ला प्रहरी कार्यालय पुगाएको छ।

प्रतिकृया दिनुहोस्