Monday, March 8

विनजयजंग नेपालगञ्जबाटै पक्राऊ गरिदै

February 15, 2021 73

काठमाडौं । बेवारिशे शव व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेतलाई प्रहरीले नेपालगञ्जबाटै पक्राऊ गर्न लागेको छ । उनीविरुद्ध अदालतबाट पक्राऊ पूर्जी जारी भइसकेकाले प्रहरीले पक्राऊ गर्न लागेको हो ।

बेवारिशी शव व्यवस्थापनका लागि विनयजंग नेपालगञ्जमा छन् । उनले आफूसँगै शव व्यवस्थापनमा सक्रिय सपना रोका मगरको अ’श्लि’ल तस्बिर र भिडियो सार्वजनिक गर्ने ध’म्की दिएका थिए ।

सपना बीबीसीको प्रभावशाली एक सय महिलाको सूचीमा परेकी थिइन् । त्यसपछि उनी चर्चाको शिखरमा पुगिन् । सपनाको च’रित्रह’त्या गर्न विनयजंग सक्रिय भएको अभियोग छ ।

विनयजंगले युट्युब भिडियोमा अन्तवार्ता दिदै सपना रोक्का मगरको अ ‘श्लि’ल फोटो र भिडियो आफूसँग रहेको दाबी गरेका थिए । त्यसपछि सपनाले सामाजिक सञ्जालमा आफूलाई देहत्याग गर्न वा’ध्य बनाउन लागेको लेखेकी थिइन् ।

सपनाले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी थिइन् । उजुरी दर्ता गरेपछि अदालतबाट पक्राऊ पूर्जी जारी भइसकेको छ । यस घटनाबारे विनयजंग बस्नेतसँग जानकारी लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

सपनाले छुट्टै संस्था दर्ता गरेर सामाजिक काम गर्न थालेपछि यो वि’वाद अझ बढेको बुझ्न सकिन्छ । सपनालाई अनेक लाच्छना लगाउँदै विनयले सामाजिक सञ्जालमा टिप्पणी गर्दै आएका थिए । सपना रोका मगरले उनीहरुद्ध जाहेरी दिएपछि प्रहरीले पक्राउ गर्न खोजी सुरु गरेको हो । प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले उजुरु दर्ता भएपछि पक्राउ पुर्जीका लागि अदालतमा पुगेको बताए । पुर्जी जारी भएपनि बस्नेतलाई पक्राउ गरिने उनले जानकारी दिए।

प्रतिकृया दिनुहोस्