Friday, June 18

आज पनि घट्यो सुनको मुल्य, हेर्नुहोस् कति छ ?

February 15, 2021 184

काठमाडौँ। सातोको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ घटेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि आइतबार सुन तोलामा ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।यस्तै तेजाबी सुन तोलामा ९० हजार २ सय० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै सोमबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ बढेको छ। आइतबार चाँदी १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएकोमा सोमबार १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिकृया दिनुहोस्