Saturday, November 28

पुष्पा अधिकारीको बालगृहवाट सबै बालबालिकाको उद्दार, राष्ट्रिय बालअधिकार परिषदले लियो जिम्मा

August 5, 2020 411

काठमाडौं । बालगृहमा जिम्मा दिएको बच्चालाई वेवारिसे फेलापारेको भन्दै मिडियावाजी गरेपछि विवादमा आएकी पुष्पा अधिकारीको केयर बालगृहमा रहेका अन्य बालबालिकाको उद्दार गरिएको छ । काठमाडौं कपनको केयर बालगृहमा रहेका ११ जना बालबालिकालाई राष्ट्रिय बालअधिकार परिषदले उद्धार गरेको हो । वैदेशिक रोजगारीका लागि विदेशमा रहेकी महिला गर्भावस्थामा आएर नेपालमा बच्चालाई जन्म दिएपछि सो बच्चा बालगृहमा जिम्मा दिइएको थियो । तर बालगृहकी संचालक पुष्पा अधिकारीले वेवारिसे फेला पारेको भन्ने देखाउन सडकमा लगेर बच्चालाई राखेकी थिइन् ।

बेवारिसे बच्चा फेला परेको र आफुले संरक्षण गरेको भन्दै मिडियावाजी गरेपछि विवादित भएको सो बालगृहवाट सबै बालबालिकालाई उद्दार गरिएको हो । बुधबार परिषद र केन्द्रीय बालबालिका खोजतलास समन्वय केन्द्रले बुढानीलकण्ठ नगरपालिकाको महिला, बालबालिका एवं ज्येष्ठ नागरिक शाखा र बुढानीलकण्ठ नगरपालिका– ११ का वडाध्यक्ष राजु अधिकारीको रोहबरमा ११ जनाको उद्धार गरिएको हो ।

उद्धार गरिएका सबै ११ बालबालिकालाई सरकारको अस्थायी संरक्षण केन्द्रमा राखिएको छ । यी बालबालिकामध्ये परिवार हुनेलाई परिवारको जिम्मा लगाउने र परिवार नहुनेलाई संरक्षण केन्द्रमा राख्ने राष्ट्रिय बालअधिकार परिषदकी कार्यक्रम अधिकृत नमुना भुसालले जानकारी दिइन् ।
उनले चार वर्ष अघि देखि आफ्नै घरमा बालबालिकालाई संरक्षण दिँदै आएकी थिइन् । एक वर्ष यत यस्तै युट्युवरहरुको सहयोगवाट रकम पनि संकलन भएको थियो । उनलाई बच्चा देखाएर पैसा उठाउने धन्दा गर्न लागेको आरोप लागेको छ ।

तर उनले विदेशमा ब ला त्कृ त भएर गर्भवती अवस्थामा आएकी महिलार्ला सामाजिक लाञ्छनावाट बचाउन आफुले यस्तो गरेको बताएकी छन् । वच्चा बेवारिसे फेला परेको भन्दै भिडियो सार्वजनिक भएपछि बच्चाको आमाले आफ्नो सन्तान पनि फिर्ता लिएर गएकी छन् ।

प्रतिकृया दिनुहोस्