Thursday, December 3

खर्चको अभावमा अलपत्र परेका वैदेशिक रोजगारीमा रहेका नेपालीलाई फर्काउने पहल थालियो (भिडियो)

August 5, 2020 117

काठमाडौं, २१ साउन । खर्चको अभावमा स्वदेश फर्किन नसक्ने वैदेशिक रोजगारीमा रहेका नेपालीलाई फर्काउन सर्वोच्च अदालतले सरकारका नाममा आदेश दियो ।

असार एक गते सर्वोच्चले दिएको आदेशपछि बैदेशिक रोजगार बोर्ड सचिवालयले विदेश रहेका कोरोना कारण रोजगारी गुमाएका र अलपत्र परेका नेपालीलाई सरकारकै खर्चमा उद्दार गर्ने भएको छ ।

बैदेशिक रोजगार बोर्डले श्रम स्वीकृति लिएर विदेश गएका र हाल अलपत्र परेका नेपालीहरु फर्काउन पहल थालेको छ । बोर्डले नेपाली श्रमिक रहेका देशस्थित नेपाली नियोगहरुलाई श्रमिक उद्दारका लागि आवश्यक बजेट र विवरण माग गर्दै पत्राचार गरिसकेको छ ।

मलेसियाबाट नेपाली दूतावासले तत्काल सरकारले फर्काउनु पर्ने अवस्थामा ८ सय जना श्रमिक रहेको विवरण पेस गरेको छ । अन्य मुलुकमा रहेका नियोगहरुले भने बिवरण पठाइसकेका छैनन् ।

मलेसियाबाट ८ सय जना नेपाल फर्काउन करिब ४ करोड रुपैयाँ आवश्यक पर्ने दूतावासले पठाएको बिवरणमा उल्लेख छ । मलेसियाका घरफिर्ती केन्द्रमा रहेका ३ सय जना र अरु ५ सय जना सरकारी खर्चमा फर्काउनु पर्ने अवस्थामा छन् ।

वैदेशिक रोजगार बोर्डको बैठकले कल्याणकारी कोषको ७५ करोड रुपैयाँ श्रमिक उद्धारमा खर्च गर्न स्वीकृत गरिसकेको छ ।

सरकारले चार्टर्ड उडान खुल्ला गरेपछि हालसम्म ५८ देशबाट ४० हजार ७ सय ९९ नेपाली कामदार फर्किएका छन् । केहीलाई रोजगारदाता कम्पनीले फर्किने टिकट दिएको छ भने धेरैजसो आफ्नै खर्चमा फर्किएका छन् ।

प्रतिकृया दिनुहोस्