Tuesday, December 1

भोलिदेखि काठमाडौं उपत्यकासहित दुई सय बढी संक्रमित भएको जिल्लामा जोर/विजोर लागू

August 5, 2020 286

काठमाडौं, २१ साउन । कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै भोलिदेखि निजी र सार्वजनिक सवारी साधनमा जोर/विजोर लागू हुने भएको छ ।

बुधबार साँझ गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै कोरोना जोखिम नियन्त्रणका लागि अन्य सबै सुरक्षा मापदण्ड लागू गर्ने पनि जनाएको छ ।

जोर/विजोर प्रणालीको यस नियम काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लामा र उपत्यकाबाहिर दुई सय जना भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जिल्लामा लागू हुने गृहले जनाएको छ ।

यसअघि सरकारले असार २६ गतेदेखि निजी सवारी साधनको जोर/विजोर हटाएको थियो । त्यस्तै, उपत्यकाका ३ जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति प्रदान गरेको थियो ।

प्रतिकृया दिनुहोस्