Friday, June 18

भागरथी घटना : अपराधीको‘खोचलेक’ कनेक्सन र कुकुरले देखाएको त्यो सङ्केत !

February 14, 2021 101

बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृत फेला परेको ११ दिन पुगेको छ । गत माघ २२ गते स्थानीय लवलेक जङ्गलमा भागरथीको शव फेला परेको थिायो । ११ दिन बितिसक्दा पनि प्रहरीले अ’पराधी पत्ता लगाउन सकेको छैन । अनुसन्धानकै क्रममा रहेको अझै पनि बताइरहेको छ । दोषी पत्ता लाग्छ भन्ने कुरा ढुक्क हुन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीको भनाइ छ तर कहिलेसम्म पत्ता लाग्ने भन्ने कुरा खुलाउन चाहानु भएको छैन । उहाँले भन्नुभयो, “हिजोअस्तिकोभन्दा अनुसन्धान साघुरिँदै गएको छ, छिट्टै दोषी पत्ता लाग्छ ।”

“घटनाको बृहत् र सूक्ष्म अनुसन्धानपछि अ’पराधी पत्ता लगाउने कुराको नजिक पुगेका छौँ”, उहाँले भन्नुभयो, “विभिन्न कोणबाट अध्ययन र अनुसन्धान गर्दा एकदमै नजिक पुगेका हौँ ।” घटनास्थलमा भेटिएका विभिन्न प्रमाणका आधारमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । भागरथीले प्रयोग गरेको मोबाइललगायतका प्रमाणले अनुसन्धानमा सहज भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अनुसन्धान साघुरिँदै गएको छ, हामी छिट्टै अ’पराधीलाई सार्वजनिक गर्छौं ।”

घटना भएको ११ दिन भएको भए पनि अझै भागरथीको अन्तिम दा’हसं’स्कार हुन सकेको छैन । भागरथीका आफन्तले पत्ता नलाग्दासम्म शव नबुझ्ने अडान लिएका छन् । परीक्षण सम्पन्न भएको भए पनि शव अझै जिल्ला अस्पतालमै रहेको छ । आफन्तले शव बुझ्न नमान्दा अस्पतालमा शव सुरक्षित राख्न समस्या भएको छ । अस्पतालमा शव सुरक्षित राख्ने ‘मर्चरी’ नहुँदा समस्या भएको जिल्ला अस्पताल बैतडीका डाक्टर वसन्तराज जोशीले जानकारी दिनुभयो

घटनास्थल तथा भागरथीको शवबाट अनुसन्धानका लागि चाहिने आवश्यक प्रमाण सङ्कलन भइसकेकाले शव बुझ्न प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “आवश्यक प्रमाण सबै सङ्कलन भइसकेको छ, शव सुरक्षित राख्न निकै समस्या छ ।” घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी नेतृत्वको टोलीले गरिरहेको छ । उक्त टोलीमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाँखुसहित प्राविधिक रहेका छन् ।

भागरथीको शव भेटिएको भोलिपल्ट अर्थात् माघ २३ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट लगिएको तालिमप्राप्त कुकुरले अ’पराधी गएको बाटो देखाएपनि अ’पराधीको घरसम्म पुग्न सकेन । यद्यपि प्रहरीलाई भने कुकुरले देखाइदिएको बाटोले केही सङ्केत गर्न भने मद्दत गरेको छ । प्रदेश प्रहरी कार्यालयबाट लगिएको तालिमप्राप्त कुकुरले घटनास्थलदेखि अपराधी गएको बाटोबारे केही महत्त्वपूर्ण सङ्केत र सुराक दिएको छ ।

रातोपाटीमा छापिएको समाचारका अनुसार घटना भएको स्थान अर्थात् स्थानीय लवलेक जंगलको कच्ची सडकबाट कुकुरले बाटो देखायो । सडकबाट आरोलो बाटो हुँदै कुकुर केही समय घटनास्थलको वरिपरी घुमिरह्यो । भागरथीको शव भेटिएको स्थानमा केही समय रुमलिएको कुकुर त्यसपछि बिस्तारै जंगलको बाटो पूर्वतर्फ अगाडि बढ्यो । कुकरले जुन बाटो पछ्याएको थियो, त्यो बाटोमा मानिस हिँडेको पदचाप देख्न सकिन्थ्यो । ती बाटोमा ससाना बुट्यानहरु कुल्चिएका थिए ।

करिब ८ सय मिटर जंगलको बाटो पछ्याएपछि तालिमप्राप्त कुकुर कच्ची सडकमा आइपुग्यो । त्याृे कच्ची सडक अर्थात् कुकुर आइपुगेको स्थान घटनास्थलबाट पूर्वतर्फ अर्थात् खोचलेक बजारतर्फ पर्छ । तर कुकुरले त्यसपछि कुनै सङ्केत गर्न सकेन । यसको मतलब अ’पराधी त्यही बाटो भएर कच्ची सडकसम्म आएको त कुकुरले सङ्केत गर्यो, त्यसपछि त्यो अ’पराधी कुन बाटो भएर के मा कसरी गर्यो त्यो सङ्केत कुकुरले गर्न सकेन, पाएन ।

तालिमप्राप्त कुकुरले अ’पराधीको पदचाप पछ्याउने भएको कारण उक्त स्थानसम्म अ’पराधी हिँडेर आएको सङ्केत कुकुरले गरेको थियो । तर त्यसपछि पदचाप नपछ्याउनुको कारण अ’पराधी मोटरसाइकल वा अन्य कुनै सवारीसाधन चढेर गएको हुनसक्ने प्रहरीको बुझाइ छ ।

आफ्नो घरबाट करिब १ घण्टाको पैदल दुरीमा पर्ने स्थानीय सनातम धर्म माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् भागरथी । विद्यालयबाट घर फर्किँदा ५ मिनेटको पैदल दुरीमा खोचलेक बजार पर्छ । गाउँपालिकाको केन्द्र पनि भएको कारण खोचलेक बजार अहिले केही व्यस्त बजार बनेको छ । बैंकसमेत रहेको कारण पनि त्यहाँ मानिसहरुको आवतजावत बाक्लै रहने गर्छ ।

बजारबाट केही उकालो जङ्गलको बाटो हिँडेपछि माथि डाँडामा पुगिन्छ र केही वर्ष अघिमात्रै खनिएको हल्का उकालो कच्ची सडक पार गर्दै भागरथीको घर पुगिन्छ ।
घर जाने बाटोमै पर्छ लवलेक जङ्गल, जुन स्थानमा भागरथीका शव माघ २२ गते साँझ फेला परेको थियो ।

विद्यालयबाट करिब आधा घण्टाको पैदल दुरीमा पर्ने घटनास्थल र कुकुरले गरेको सङ्केतको एउटा तथ्य के हो भने कुनै न कुनै रुपमा अपराधी बजारबाटै गएको वा अ’पराध गरेपछि पुनः बजारतर्फ नै फर्किएको छ । मानिसहरुको बाक्लो उपस्थिति रहने बजारतर्फ नै सङ्केत गर्नुको अर्थ अपराधी र बजारबीच केही न केही सम्बन्ध छ, त्यो पनि अपराध गरेकै दिन र अपराधसँग सम्बन्धित ।

दोषी पत्ता नलागेको भन्दै यता शान्तिपूर्णरुपमा आन्दोलन पनि जारी रहेको छ । आज जिल्ला प्रशासन कार्यालय अगाडि घण्टा बजाएर प्रदर्शन गरिएको छ । अ’पराधीलाई यथाशीघ्र पत्ता लगाई कानूनी कारवाहीको माग गर्दै शान्तिपूर्णरुपमा आन्दोलनका कार्यक्रम भइरहेका भागरथी भट्टको न्यायका लागि गठित सङ्घर्ष समितिका सदस्य महेश दत्त भट्टले बताउनुभयो । यसअघि माघ २६ गते दीप प्रज्वलन, २७ गते सिट्ठी जुलुस, २८ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र, २९ गते सदरमुकाममा प्रदर्शन, माघ ३० गते थाल ठ’ड्याइएको थियो ।

घटना भएको दुई दिनसम्म चक्काजामलगायत विरोध प्रदर्शन गरिएको भए पनि प्रहरीले केही दिन आन्दोलन स्थगन गर्न आग्रह गरेअनुसार शान्तिपूर्णरुपमा प्रदर्शन भइरहेका हुन् । अनुसन्धान गर्न समस्या हुने भन्दै प्रहरीले आन्दोलनमा कार्यक्रम नगर्न आग्रह गरेको थियो ।

(यहाँ राखिएको सामग्री केहि अंश रातो पाटिबाट पनि लिएको छ)

प्रतिकृया दिनुहोस्