Friday, November 27

मेयरको आफन्तसहित जनकपुर उपमहानगरपालिकाका दुइ कर्मचारी संक्रमित

August 5, 2020 97

जनकपुरधाम, २१ साउन । जनकपुरधाम उपमहानगरपालिकाका २ जना कर्मचारी कोरोना संक्रमित भएका छन् । संक्रमितको सम्पर्कमा आएपछि उनीहरुलाई आफुमाथि शंका लाग्दा जनकपुरधामस्थित प्रादेशिक प्रयोगशालामा पीसीआर परिक्षण गराएपछि पोजेटिभ नतिजा आएको उपमहानगरका जनस्वास्थ्य अधिकृत उमेर रायले जानकारी दिनुभयो ।

संक्रमितहरु उपमहानगरको पर्यटन शाखा र प्रशासन शाखामा कार्यरत २४ र ४४ बर्षिय कार्यालय सहयोगी रहेको उहाँले बताउनुभयो । उपमहानगरका ति दुबैजना कर्मचारी संक्रमित भएपछि एक दुई दिन भित्रै सबै कर्मचारीको स्वाब संकलन गरि पीसीआर परिक्षण हुने रायले जानकारी दिनुभयो । यता, मेयर लालकिशोर साहका दुइजना आफन्तलाई समेत कोरोना संक्रमण भएकाे छ ।

प्रतिकृया दिनुहोस्