Tuesday, April 13

यी नायिका मृत्यु हुँदा गर्भवती थिइन् !जसको लास समेत फेला परेन !!

February 10, 2021 158

महानायक अमिताभ बच्चन अभिनित बलिउड फिल्म सूर्यवंशमकी नायिका सौन्दर्या रघुको ३१ वर्षको अल्पायुमै निधन भएको थियो। उनी मृत्यु हुनेबेलामा गर्भवती समेत रहेकी थिइन्

तर, उनको परिवारले उनको लास सम्म पनि पाउन सकेको थिएन त्यतिबेला । चलचित्र क्षेत्रबाट भर्खर भर्खर राजनीतिमा प्रवेश गरेकी सौन्दर्याका लागि १७ अप्रिल २००४ निकै अप्रिय दिन हुन् पुग्यो।

अभिनय क्षेत्रबाट राजनीतिमा पाईला टेकेकी उनी सन् २००४ अप्रिल ४ तारिखका दिन चुनावी प्रचारका लागी आफ्नै निजी एयरक्राफ्टमा चढेर जाने क्रममा उक्त एयरक्राफ्ट दुर्घटनामा परेर उनको ज्यान गएको थियो ।

चुनावी प्रचारका लागि बेंगुलुरूको जम्कुर एयरफिल्डदेखि उडेको सौन्दर्या रघुको एयरक्राफ्ट सय फिट माथि पनि पुग्न नपाउदै दुर्घटना परेको थियो । उक्त दुर्घटना उनीसँगै भाई अमरनाथ त्यसैगरी हिन्दु जागरण समितिका सचिव रमेश कदम र पाइलट फिलिपको पनि निधन भएको थियो । दुर्घटनामा परेको जहाज पूर्ण रुपले जलेका कारण यी अभिनेत्री सौन्दर्या रघुको शव समेत फेला परेको थिएन।

सौन्दर्या रघु उक्त विमान दुर्घटना हुनु भन्दा केही समयअघि मात्र भारतीय जनता पार्टीमा प्रवेश गरेकी थिइन्। उनी फिल्म सूर्यवंशमबाट बलिउडमा चर्चित बनेकी थिइन्। सुन्दर रुपकी धनि तथा राम्रो अभिनय कलाका कारण उनको बलिउड धेरै फ्यान फलोअर्स रहेका छन्।

प्रतिकृया दिनुहोस्