Tuesday, March 9

बिहेमा करोडौँ खर्च,बिलासी जिवन,माझी बस्ती अलपत्र अनि दुनियासँग हारगुहार गरेर समाजसेवा (भिडियो सहित)

February 10, 2021 289

समाजसेवा केका लागि गर्ने ? ‘समाजसेवी’ पहिले यो कुरामा स्पष्ट हुनु जरूरी छ । अरूको देखासिकी गरेर समाजसेवा गर्ने कि नाम, चर्चा र ख्यातिको मोहमा परेर समाजसेवाको ढोँग रच्ने ? फगत आत्मसन्तुष्टिका लागि गर्ने कि कुनै आश–अपेक्षा नराखी मनदेखि नै गर्ने ?एक वास्तविक समाजसेवीमा सेवाकर्मबाट आउने कुनै पनि प्रतिफलको लालच भने हुँदैन, हुनुहुँदैन । आफूले आर्जन गरेको ख्याती र सम्मानलाई समाजसेवामा जोडेर त्यसबाट अन्य आन्तरिक र बाह्य फाइदा पनि समाजसेवीले हेर्दैन, हेर्न हुँदैन ।

तर, आजकल साँच्ची समाजसेवा गरेर जनताको मन–मनमा बस्ने केही समाजसेवीलाई छाडेर भन्ने हो भने समाजसेवाको नाममा चर्चा बटुल्न खोज्नेहरूकै भीड देखिएको छ । ‘समाजसेवी’ बनेर वाहवाही बटुल्ने अनि त्यही नामलाई भजाएर व्यक्तिगत व्यापार–व्यवसायलाई बढावा दिने गजबको शैली अपनाएका छन् कथित समाजसेवीहरूले । भिडियोसहित

प्रतिकृया दिनुहोस्