बुटवल । बुटवलमा सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । स्कुटरमा सवार अन्दाजी ५० बर्षका एक ब्याक्तिको मृत्यु भएको हो । योगीकुटी चोक देखि शान्ति चोक जाँदै गरेको स्कुटरलाइ ट्याक्टरले ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
लु २४ प ६१६४ नम्बरको निलो डियो स्कुटीलाइ सोधी दिसाबाट आएको ट्याक्टरले ठक्कर दिएर उक्त ट्याक्टर ति ब्याक्तिको टाउकोमाथिबाट चढेको थियो। उक्त स्कुटरमा चढ्ने ब्याक्तिको पहिचान भएको छैन भने ट्याक्टर र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । यो घटना बिहानको ९:२५ मा भएको थियो ।
केहि दिन अघि मात्रै सवारी दुर्घटनामा परी बुटवलकी एक चर्चित नृत्य कलाकारको ज्यान गएको थियो । सोमबार सांझ रुपन्देहीको तिलोत्तमामा भएको सवारी दुर्घटनामा नृत्य कलाकार पुजा गहतराजको मृत्यु भएको थियो । सिद्धार्थ राजमार्गको बुटवल –भैरहवा सडक अन्तर्गत ड्राइभरटोल नजिकै बसको ठक्क र बाट स्कुटरमा सवार २६ वर्षीया पूजाको मृत्यु भएको थियो ।
भैरहवाबाट लु ३० प ८५६९ नम्बरको स्कुटरमा भैरहवाबाट घरतर्फ आउँदैगर्दा उनी दुर्घटनामा परेकी थिईन् । दुर्घटनामा परी गम्भिर घाइते भएकी गहतराको क्रिमशन अस्पतालमा उचारको क्रममा मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस्