Tuesday, April 13

भागरथीको पो’ष्टमा’र्टमपछी ह’त्याबारे खुल्यो नयाँ पाटो

February 8, 2021 261

बैतडीमा बिहीबार मृ’ त अवस्थामा फेला परेकी १७ वर्षीया भागरथी भट्टको करणीपछि ज्यान लिएको पो ष्टमा र्टम रिपोर्टबाट पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीमा गरिएको पो’ष्टमा’र्टम रिपोर्टबाट दोगडाकेदार गाउँपालिका–७ की भट्टको करणीपछि घाँ’ टी थि’चे’ र ज्यान लिएको पुष्टि भएको हो । प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी उत्तम सुवेदीले भने, ‘पो ष्ट मा र्टमा कज अफ डेथ करणीपछि घाँ’ टी थि चे को देखायो ।’

उनले सामूहिक करणी हो वा होईन भन्ने बारेमा थप परीक्षण भईरहेको जानकारी दिए । ‘हामीले घटनास्थलमा प्राप्त भएका सबै तथ्य परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाएका छौ,’ उनले भने, ‘प्रयोगशालाबाट रिपोर्ट प्राप्त भए अनुसन्धानमा अझै सहज हुने देखिन्छ ।’ पोस्टमार्टम रिपोर्टपछि प्रहरीले करणीपछि र भागरथीको घाँ टीमा नि’मो’ठे’को दाग तथा चो’ट हरु देखिएको जनाएको छ ।

बुधवार हराएकी भट्टको बिहिवार शव फेला परेको थियो । उक्त घटनामा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नै अनुसन्धान अधिकृत भएर काम गरिरहेका छन् । उनलाई सघाउन नेपाल प्रहरीका एसएसपी जनकराज पाण्डेय र सीआईवीका डिएसपीको नेतृत्वमा छुट्टाछुट्टै टोली बैतडीमा छ । सुदूरपश्चिमका प्रहरी प्रमुख डिआईजी उत्तम सुवेदी पनि बैतडी पुगेका छन् ।

थप अनुसन्धान भइरहेको र घटनाको अनुसन्धानमा प्रहरीका विभिन्न टोली खटिएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । अहिले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीको टोली घटनास्थलमा पुगेर अध्ययन गरिरहेका छन् । त्यस्तै घटनाको प्रकृति हेर्दा करणीपछि ज्यान लिईएको आशङ्का गरिएकाले ‘भजाइनल स्वाब’ परीक्षणका लागि आज काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।

प्रतिकृया दिनुहोस्