Friday, June 18

यसरी बन्दो रहेछ नेपालमै नक्कली नोट, कञ्चनपुरमा पत्ता लाग्यो गिरोह

February 8, 2021 215

भारतीयको सहयोग लिएर केही नेपालीले नेपालमै नक्कली नोट बनाउने र बजारमा पठाउने खुलेको छ । प्रहरीले भारतको सिमा जोडिएको कञ्चनपुरमा यस्तो गिरोह पत्ता लगाएको हो ।

त्यहाँ नक्कली नोट बनाएर नेपाल भारत सिमावर्ती क्षेत्रमा त्यस्ता नोटको कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बेल्डाँडी गाउँपालिकाको सिमावर्ती भारतीय बजार जिल्ला पिलिभित खजुरिया भन्दा करिब ३ र ४ किलोमिटरको दुरीमा उनीहरु पक्राउ परेका थिए ।

भारतीय प्रहरीको सहयोगमा दुई जना नेपाली नागरिक पक्राउ गरेको र उनीहरू सँगै रहेको भारतीय नागरिक भने फरार फरार रहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ६ का रमेश खाती र काठमाडौं महानगरपालिका वडा नम्बर १४ बस्ने बिष्णु खाती रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट ३ थान नक्कली नोट र नोट बनाउन प्रयोग गर्ने काँचको मेसिन बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेल्डाँडीमा बुझाइएको कञ्चनपुर प्रहरी प्रवक्ता शाहीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्