Tuesday, April 13

डब्लुडब्लुइका चर्चित रेस्लर महिला बने

February 8, 2021 197

काठमाडौं। डब्लुडब्लुइका चर्चित रेस्लर टेलर रेक्स महिला बनेका छन् । उनले आलै आफू ट्रान्सजेण्डर भएको खुलासा गर्दै अब आफू महिलाको पहिचानमा रहने बताएकी छिन् । वास्तविक नाम न्बदभ त्गात भएकी उनले अब आफू न्बददष् त्गात नामबाट चिनिने खुलासा गरेकी छिन् । उनले लामो इन्स्टाग्रम पोस्टमा आफू ट्रान्सजेण्डर भएको खुलासा गरेकी हुन् । उनी २००९ देखि २०१४ सम्म रेस्लिङमा सक्रिय थिए ।

गाबीले एक प्रेस वक्तव्य जारी गर्दै पूर्व डब्लुडब्लुइ स्टारदेखि बडीबिल्डर, फिटनेस गुरु, मोटरसाइकल रेसर हुँदै अब आफूले शानदार महिलाको यात्रा तय गरिरहेको बताएकी छिन् । उनका अनुसार उनको मनमा कैयौं वर्षदेखि एउटा भित्री लडाइँ चलिरहेको थियो जसबाट अब उनले जीत पाइसकेकी छिन् । २०१४ मा उनले परिवारलाई समय दिन भन्दै रेस्लिङ छोडेका थिए ।

उनले विगत ८ महिना आफ्नो जीवनको सबैभन्दा कठिन समय रहेको बताएकी छिन् । उनले आफ्नो वास्तविकता सार्वजनिक रुपमा कसरी बताउने भनेर निकै तनाव हुने गरेकोमा अरुले के भन्छन् भन्ने कुरालाई चासो दिन छोडेपछि पूर्ण रुपमा स्वतन्त्र भएको बताउकी छिन् । उनले एक अन्तरवार्तामा बताएअनुसार १० वर्षको उमेरमा आमाको कपडा लगाएर हेर्थे । उनले आफ्नी पत्नीलाई यस विषयमा सबैभन्दा ठूलो सहयोगी बताएका छन् । उनको २००२ मा बिहे भएको हो र ९ वर्षकी छोरी छिन् ।

प्रतिकृया दिनुहोस्