Wednesday, December 2

सुनको भाउ एकैदिन १६ सय बढ्याे, प्रतितोला एक लाख १४ सय पुग्यो

August 5, 2020 141

काठमाडौं, २१ साउन । एकैदिन १६ सय रुपैयाँले बढेर सुनको मूल्य एक लाख नाघेको छ । आज सुनको मुल्य तोलामा १६ सयले बढेर प्रति तोला एक लाख एक हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

नेपालमा सुनको यो मुल्य अहिलेसम्म कै उच्च हो । यस अघि मंगलबार सुन प्रतितोला ९९ हजार ८ सयमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुनको मुल्य प्रति तोला एक लाख ९०० मा कारोबार भइरहेको छ ।

त्यस्तै, आज पनि चाँदीको मुल्य पनि बढेको छ। महासंघका अनुसार बुधबार चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर १२ सय ९५ मा कारोबार भइरहेको छ।

प्रतिकृया दिनुहोस्