Saturday, June 19

डरलाग्दो दुर्घटना ,दिपेन्द्र को मृत्यु, लामाको अवस्था गम्भीर

February 6, 2021 193

डरलाग्दो दुर्घटना ,दिपेन्द्र को मृत्यु, लामाको अवस्था गम्भीर

धनुषाको मिथिला नगरपालिकामा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ ।

मिथिला नगरपालिका ५ विश्रामपुरस्थित पूर्वपश्चिम राजमार्गमा गएराति ज ६ प २८३३ नम्बरको मोटरसाइकललाई बा १३ च ८०३८ नम्बरको स्कारपियोले ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका थिए ।

ठक्करबाट मिथिला नगरपालिकाका २४ बर्षिय दिपेन्द्र महतो र बर्ष २० का रोशन लामा घाइते भएका थिए ।प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा दिपेन्द्रको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार घाइते लामाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।ठक्कर दिएर घटनास्थलबाट स्कारपियो फरार भएको थियो ।

सोही कारण आक्रोशित भएका स्थानीयहरुले करिब आधा घण्टा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए।मोटरसाइललाई ठक्कर दिएर फरार भएको स्कारपियो गाडी धनुषा प्रहरीले २ घण्टापछि नियन्त्रणमा लिएको थियो ।

दिपेन्द्रको शव पोष्टमार्टमको तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्