Sunday, May 16

३ बर्ष पहिला हराएका श्रीमान् टिकटकमा भेटिए पछी…

January 31, 2021 111

काठमाडौं / भारतकी एक महिलाले तीन वर्षदेखि हराइरहेका पतिलाई टिकटकमा फेला पारेपछि उनीहरूको पुनर्मिलन भएको छ। प्रहरीले ती पुरूष सन् २०१६ मा भागेको र त्यसपछि उनी तेस्रोलि’ङ्गी महिलासँगको सम्बन्धमा रहेको जनाएको छ।

पत्नीका एकजना नातेदारले ती पुरुषलाई भिडिओमा तेस्रोलि’ङ्गीसँग सबैभन्दा पहिले फेला पारेपछि प्रहरीको खोजी सुरु भएको?थियो । प्रहरीले अहिले ती दम्पतीलाई ‘परामर्श’ दिएको जनाएको छ ।

नेपाली टिकटक स्टारको फोटो प्रयोग गरिएको छ । उहाँ यो समाचारको पात्र हैन मोडल/नर्स रेष्मा घिमिरे हो । प्रहरीले ती पुरुष सुरेशलाई दक्षिणी राज्य तामिलनाडु राज्यको होसुर सहरमा फेला परेका थिए ।

जुन ठाउँ उनकी पत्नी बस्दै आएको विलुपुरम जिल्लाभन्दा २०० किलोमिटर टाढा पर्छ । प्रहरीले बीबीसी तमिललाई भने, “हामीले उक्त जिल्लामा तेस्रोलिङ्गी सङ्गठनमा सम्पर्क गरेपछि फोटोमा देखिएको ती तेस्रोलि’ङ्गी महिलाको पहिचान गर्न सहयोग पायौँ ।

पत्नीले त्यसअघि पति हराएको निवेदन दर्ता गरेकी थिइन् तर त्यसबेला उनलाई पत्ता लगाउन सकेको थिएन । प्रयोगकर्ताले भिडिओहरू तयार गरेर अपलोड गर्न मिल्ने टिकटक एप भारतमा निकै?प्रचलित छ । तर अहिले प्र’तिवन्ध लगाएको छ ।
भारतमा त्यसका १२ करोड प्रयोगकर्ता छन । तर नराम्रा विषयहरूको प्रचारमा सहयोगी हुने भन्दै त्यसको कतिपयले आ’लोचना पनि गर्छन ।

अ’श्लील सामग्री फैलाउन प्रयोग भइरहेको भन्ने चिन्तालाई लिएर तमिलनाडुस्थित एउटा अदालतले एप्रिल महिनामा गुगल एप स्टोरबाट टिकटक हटाउन आदेश दिएको थियो। तर एक हप्तापछि उक्त प्र’तिबन्ध हटाइएको थियो । बीबीसी

प्रतिकृया दिनुहोस्