कुवेत, माघ १४- कुवेतको अब्दलि बोडर साइडमा मानव कङ्काल फेला परेका नेपालीको पहिचान खुलेको छ । ती नेपाली बोदेबसाइन नगरपालिका खुमगडा सप्तरिका ४९ बर्षिय लक्ष्मी शाह रहेको खुलेको छ ।
शाह कुवेतको अब्दलिमा रहेको अल सिमस्या जेनेरल ट्रेडिङ एन्ड कन्ट्राक्टिङ कम्पनिमा विगत ८ बर्षदेखि कार्यरत थिए ।
नेपालीको मानव कङ्काल भेटियो भन्ने समाचार अरव टाइम्समा छापिएपछी स्थानीय प्रहरीले अनुसन्धान गरेको थियो ।
कम्पनिको कन्ट्राक्टमा कुवेतको अन्तरास्ट्रिय विमानस्थलमा काम गर्ने शाह तीन महिना भन्दा पहिले नै बेपत्ता भएका थिए । बेपत्ता भएपछि कम्पनीले नै हुलियासहित प्रहरीमा खबर गरेको बुझिएको छ ।
शाहलाई कम्पनीको ड्रेस र केहि डकुमेन्टसहित भेटिएको थियो । एयरपोर्टमा काम गर्ने उनको शव अब्दलीबाट झन्डै दुई घन्टाको दुरिमा भेटिएको हो ।
मृतकको कुवेतको सिभिल आइडी उनको फोरमेनको साथमा भेटिएकाले कम्पनीको सुपरभाइजर, मेनेजर र कोठामा बस्ने साथिहरुलाइ समेत अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको सोहि कम्पनीमा कार्यरत एक नेपाली महिलाले हाम्रोसंचारलाई जानकारी दिईन् ।
शाहको अस्थिपञ्जर सोमबार (अस्तिको दिन) भेटिएको हो । तर प्रहरीले मंगलबार (हिजो) कम्पनीलाई खबर गरेको थियो ।
जङ्गली कुकुरहरुले बालुवामा पुरिएकाे लास खाना खाेज्दा उक्त मानव कङ्कालकाे घटना बाहिरा आएकाे हाे ।
प्रतिकृया दिनुहोस्