Saturday, June 19

अफिस जाँदै गर्दा सचिवको बसले किचेर घटनास्थलमै मृत्यू !

January 29, 2021 92

जनकपुरमा बसले किचेर एक वडा सचिवको मृत्यू भएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. १ का वडासचिवको मृत्यू भएको प्रहरीले जनाएको छ ।

शुक्रबार (आज) विहान करिब १० बजेको समयमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाको लक्ष्मीनियाँ स्थित जनकपुर ढल्केवर सडकखण्डमा बसले ठक्कर दिएर किचेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

लक्ष्मीनियाँ गाउँपालिका वडा न. ३ बस्ने अन्दाजी बर्ष ५० का वडासचिव शिवचन्द्र यादवको बसले किचेर मृत्यू भएको प्रहरीले जनाएको छ । उनको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. १ सपही स्थित ठक्कर दिएको प्रहरीले जनाएको छ ।

सपही स्थित रहेको हनुमान मन्दिर र त्यहाँ नयाँ बन्दै गरेको पूलको डाइसर्भन स्थित साईकलमा सवार वडा सचिव यादवलाई पछाडीबाट आएको बसले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।

वडासचिवको मृत्यू भएपछि स्थानीय प्रहरीलाई जानकारी गराएको थियो । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ स्थित रहेको मुलेलिया प्रहरी चौकीले बस र बसको चालकलाई नियन्त्रणमा लिएको छ ।

यता, पोष्टमार्टमको लागि उनलाई तत्कालै जनकपुर स्थित रहेको जानकी हेल्थ केयरमा परिवारजनले ल्याएको थियो । केही बेर प्रहरी कुनै चासो नलिएपछि परिवारजन सहित उनको गाउँबाट आएका सर्वसाधारणहरुले जनकपुरको जानकी हेल्थ केयर र बजरँगचोकको बाटो बन्द गरेका थिए ।

प्रहरीले समयमा चासो नलिएको तथा पोष्टमार्टमको लागि कुनै पहल नगरेको भन्दै उनीहरुले केहीबेर सडक जाम गरी प्रदर्शन समेत गरेको थियो । मृतक सचिवको जनकपुरको प्रादेशिक अस्पतालमा पोष्टमार्टमपछि शव परिवारजनको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्