Thursday, March 4

१४ बर्षको उमेरमै बहुनी र राइनीको श्रीमान बनेका गोपालले मिलाएर राखेका छन् दुई श्रीमतीलाई, सौतासौताको यस्तो छ माया (भिडियोसहित)

January 29, 2021 71

काठमाण्डौ । ‘उराठ लाग्छ डाँडा पारी बन, निष्ठुरीको मायाले सारो पार्यो झन’ बोलको यो गीत गाउँदै आफुले विबाह गरेका दुई वटी श्रीमतीको माया र उनीहरुप्रतिको आफ्नो पनि मायालाई लजाउँदै बताउने गोपाल भट्टराईको प्रेम कथा अनौठोको छ । १४ वर्षकै उमेर आफुभन्दा २ वर्ष जेठी उमेरकी श्रीमती बिहे गरेका गोपालले फेरी पछि कान्छि श्रीमती पनि बिहे गरे । एउटा उखान छ दुई जोई कि पोई कुना बसी रोई भन्ने तर गोपाललाई कुना बसी रुन भने अहिलेसम्म परेको छैन ।

गोपालले दुईवटी श्रीमती बिहे गरेतापनि दुवैलाई मिलाएर राखेका रहेछन् । उनीसंग विबाह गर्ने दुई सौतासौतीको कुराबाट यो कुरा थाहा हुन आउँछ । गोपालले जेठी श्रीमती बिहे गर्दा आफु केवल १४ वर्षको थिए भने उनकी जेठी श्रीमती भने १६ वर्षकी थिईन् । आफुभन्दा कान्छालाई बिहे गर्दाको समयमा पनि उनी त्यति परिपक्क नभएको बताउँछिन् । यता गोपालले जेठी श्रीमती हुँदाहुँदै पनि इलाम घर भएकी कान्छी श्रीमतीलाई आफले विबाह नगरेको र विबाह गर्न चोहेका प्रस्ताव राखेका रहेछन् ।

कान्छीको कुरा सन्दा गोपाल भने हाँसि रहे । कान्छीले घरमा श्रीमती हुँदाहुँदै पनि आफुलाई अविबाहीत भनेर झुटो बोलेर फकाएको बताईन् । आखिर जे भएपनि गोपल त दुई श्रीमतीकै श्रीमान भनेर चिनिन्छन् । तर खुशीको र अचम्मको कुरा के भने जेठी जातमा बा’हुनी र कान्छी जातमा राईनी भएतापनि उनीहरु एउटै श्रीमान गोपालसंग मिलेर गरि खाई रहेकै छन् । गोपाल भन्छन्,‘उनलाई दुवैको उत्तिकै माया लाग्छ ।’ भिडियोसहित

प्रतिकृया दिनुहोस्