Thursday, March 4

हनिमुन नसकिदै मुख्यमन्त्री राईलाई ‘धर्मसंकट’ !

January 27, 2021 322

काठमाडौं । नेकपाका नेता, पूर्व केन्दि्रय मनि्त्र एवं वर्तमान प्रदेश सरकारका प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई धर्मसंकटमा परेका छन् । आइतबार मात्रै विवाह बन्धनमा बाधिएका राईमाथि विवाह खुसीको खबर भएपनि मुख्यमन्त्री पद भने खुसि्कन लागेको चर्चा हुन् थालेको छ ।

काठमाडौंका आलिसन पार्टी प्यालेसमा विहे गरेर हनिमुनको रौनकमा रहेका मुख्यमन्त्री राईवि’रुद्ध अहिले नेकपाका आफ्नै समूहका नेताहरु पनि रुष्ट भएका छन् ।

प्रचण्ड–माधव समूहका सांसदलाई आफूतिर तान्ने प्रयासमा रहेका मुख्यमन्त्री राई आफ्नै समूहका सांसद अर्कातिर लागेकोबाट भने बेखबर छन् । त्यसमाथि कांग्रेसले राईलाई समर्थन नगर्ने संकेत दिएको छ ।

नेपाली कांग्रेसका २१ जना सांसदमध्ये अहिलेसम्म राईको पक्षमा उभिनुपर्छ भन्ने तर्क गर्ने सांसदको संख्या ५ जनामात्रै रहेको स्रोत बताउछ । संसदीय दलका नेतादेखि प्रमुख सचेतक, सचेतक पनि मुख्यमन्त्री राईलाई हटाउनुपर्ने पक्षमा छन् । प्रदेश १ को संसदीय दलमा सभापति शेरबहादुर देउवा पक्षका सांसदको संख्या अल्पमत छ ।

त्यसैले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा सांसदहरु मुख्यमन्त्रीमा राईलाई हटाउनुपर्ने पक्षमा उभिएका छन् । बरु मुख्यमन्त्री नभएपनि हुन्छ तर राईलाई जसरी पनि हटाउनुपर्छ भन्ने अभियान सुरु भएको छ ।

अहिलेसम्म १६ जना सांसद वरिष्ठ नेता पौडेलको पक्षमा देखिएका छन् । संसदीय दलका नेता राजीव कोइराला, प्रमुख सचेतक केदार कार्की खुलेरै मुख्यमन्त्री राईको वि’रुद्धमा लागेका छन् ।

त्यसैले मुख्यमन्त्री राईले काठमाडौंमा विहेको रमाइलो विताउँदै गर्दा प्रदेश– १ मा भने मुख्यमन्त्रीवि’रुद्धको गठजोड बलियो बन्दै गएको छ । मुख्यमन्त्री राईको हनिमुन अवधि नसकिदै मुख्यमन्त्रीबाट हट्नै पर्ने परिस्थिति दैलोमा खडा भएको चर्चा विराटनगरमा सुरु भइसकेको छ ।

प्रतिकृया दिनुहोस्