January 27, 2021 103
काठमाडौं । बलिउड अभिनेता सोनु सुदको नाममा एक निःशुल्क सेवा शुरू भएको छ । हैदराबादका बिरामीका लागि एम्बुलेन्स सेवा शुरू भएको हो ।
यो सेवाको शुभारम्भ गर्न सोनु आफैं पुगेका थिए । यो समाचारलाई सोनु आफैँले सामाजिक सञ्जालमा शेयर गरेका थिए । उनले आफू कुनै पनि राजनीतिक पार्टीमा नजोडिएको प्रमाण पेश गर्नका लागि सामाजिक काममा सक्रियता देखाएको उल्लेख गरेका छन् ।
उनले लकडाउनदेखि हालसम्म आफूले जति समाजसेवा गरे पनि त्यसको पछाडि कुनै राजनीतिक कारण नरहेको बताएका छन् ।
‘यदि म राजनीतिमा जोडिएँ भने मानिसहरुले मलाई सय प्रश्न सोध्छन् । त्यहीकारण मेरो निर्णय यो थियो कि म मानिससँग जोडिन र उनीहरुको मद्दत गर्न चाहन्थें । यो सबै कुनै जाति या धर्मलाई लिएर थिएन, म समाजको हरेक वर्गसँग पुग्न चाहन्छु’, उनले भनेका छन् ।
प्रतिकृया दिनुहोस्