Thursday, March 4

यस्ता खाना धेरै नखानुहोस्, जसले छिट्टै खुइल्याउँछ तपाईको तालु

January 26, 2021 425

मानिसकाे सुन्दरतामा केहि खाेट लाग्याे भने नराम्राे देखिएकाे अनुभब लाग्छ । त्यसैले धेरै मानिस राम्राे हुन खाेज्न । सुन्दरतामा कपालले पनि धेरै फरक पार्छ । कपाल समयपूर्व नै झर्नु आजकाल सबैभन्दा ठूलोस्वास्थ्य सम्बन्धमध्येको एक हो । कपाल झर्नुका पछाडि धेरै कारण हुनसक्छ जसमा रोग र बंशानुगतका साथै खानपिन पनि समावेश छन् ।

के खानाका कारण झर्छन् कपाल ?

भारतकी हेयर र ब्यूटी एक्सपर्ट निक्की बाबाका अनुसार केही खानेकुरा धेरै खाँदा रगतमा बायोटिनको कमी हुन थाल्छ जसले कपालको जरामा रक्तसंचार कम हुने गर्दछ । यसकारण तिब्र गतीमा कपाल झर्ने गर्दछ ।

तारेका खानेकुरा: यसमा अत्यधिक तेल हुन्छ जसले टाउकोको कपालको प्वाल बन्द हुन्छ जसका कारण कपाल तीब्र रुपमा झर्ने गर्दछ ।

रिफाइन्ड फूड: सेतो पाउरोटी, पास्ताजस्ता खानामा पाइने स्टार्च चीनीमा परिवर्तन हुन्छ जसले कपाल पातलो हुन थाल्छ ।

पेस्ट्रीज र केक: यसमा हुने मैदा र चीनिले एन्ड्रोजन हर्मोनको स्तर बढाउँछ । यसले तीब्र रुपमा कपाल झर्छ ।

आलू: यसमा स्टार्चको मात्रा अत्यधिक हुन्छ जसले इन्सुलिनको स्तरलाई बढाउँछ र कपाल धेरै झर्छ ।

प्रतिकृया दिनुहोस्