मोटरसाइकल चेक गर्दा प्रहरीमाथि नै दाउरो प्रहार

January 26, 2021 96

झापा । जिल्लाको शिवसताक्षी नगरपालिका-१ धरमपुरस्थित ड्यूटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गर्ने एकजना पक्राउ परेका छन् ।

सोमवार दिउँसो प्रहरीले सोही ठाउँ बस्ने २० वर्षीय सुजन भन्ने कृष्ण राईलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले ग.३ प ७१४० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा राई र सोही ठाउँ बस्ने २२ वर्षीय धुर्बे तामाङले प्रहरीसँग विवाद गरेको थिए ।

विवादका क्रममा राई र तामाङ प्रहरीमाथि हातपात तथा नजिकै रहेको दाउराले प्रहार गरी अभद्र व्यवहार गरेको पश्चात राईलाई मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको हो ।

घटनामा संलग्न फरार तामाङको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्