Sunday, May 16

भाईरल अर्जुनले युवती बन्धक बनाएर करणी गरेको आरोपमा पक्राउ परे

January 26, 2021 530

कैलालीका अर्जुन विक पढाइको यात्रालाई ६ कक्षामै टुंग्याएर १२ वर्षको उमेरमा भारतको गुजरातमा काम गर्न पुगेका थिए । त्यसपछिका कैयौं वर्ष उनले भारतका गोवा, सुरतजस्ता सहरमा होटल र घरमा काम गरेर बिताए । १९ वर्षको उमेरमा उनले घर फर्केर ७ कक्षा पढेकी १३ वर्षीया पुष्पा (नाम परिवर्तन) सँग बिहे गरे । त्यो औपचारिक बिहेजस्तो पनि थिएन । पुष्पाका दाइसँग अर्जुनकी बहिनीले बिहे गरेकी थिइन् । तर बहिनीको मृत्यु भइसकेको थियो । अर्जुन एक साँझ पुष्पाको घर पुगेका थिए र दोश्रो दिन उनले पुष्पालाई घर लगेर गए ।

त्यस्को दुई बर्षपछि १५ वर्षको उमेरमा पुष्पाले छोरा पाइन् । कहिले दिल्ली, कहिले गोवा त कहिले काठमाडौं गर्दा पनि अर्जुनले सोचेजस्तो केही भएन । त्यसपछि उनी काठमाडौं पुगे । ४ वर्षअघि उनले काठमाडौं गएर केही समय होटलमा र केही समय म्युजिक भिडियो र फिल्म सुटिङ गर्ने एक कम्पनीमा हेल्परको काम गरे । गायक बन्ने धोको पालेका उनले त्यतिबेला ६० हजार खर्चेर गीत गाए, म्युजिक भिडियो बनाए । तर दुवै सोचेजस्तो सफल भएनन् । त्यसपछि उनी कामको खोजीमा दिल्ली पुगे । त्यहाँ पनि भनेजस्तो काम नभएपछि एक सातामै काठमाडौं फर्के ।

सुटिङका बेला सुटिङ स्पटमा र अरू बेला रिक्सामा कुरमुरेजस्ता फास्टफुड पसल–पसल पु-याएर बेच्ने काम गर्थे । कहिलेकाहीँ फुर्सदमा अरुका सामान ओसार्थे । त्यही क्रममा सामाजिक सञ्चालमा सक्रिय सरु सुनारले १७ गते उनको फोटो खिचिन् । सरुले फोटो फेसबुकमा पोस्ट गरिन् र ‘यो तस्बिरले कसको मन छुन्न र’ भन्दै लामो स्टाटस लेखिन् । उनको स्टाटसमा छ, ‘-यापर बन्छु भनेर काठमाडौं आएका अर्जुन बच्चा पाल्न आफ्नो सर्टले दुईवर्षे बच्चा बोकेर काठमाडौंका विभिन्न ठाउँमा ठेला चलाउँदै छन् ।

तिनै अर्जुनलाई अहिले कैलाली प्रहरीले पक्राउ गरेको छ । ०७३ साल जेठ ३० गतेदेखि ०७७ साउन १५ गतेसम्म जिल्लाको भजनी नगरपालिका वडा नं ४ कि एक युवतीलाई ब’ न्ध क बनाएर करणी गरेको आरोपमा घोडाघोडी नगरपालिका वडा नं २ साँडेपानी बस्ने विकलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार बिकले ति युवतीलाई काठमाडौँमा ब’ न्ध क बनाएर जबरजस्ती करणी गरेका थिए । साउन १५ गते युवतीलाई कोठामै राखेर बिक फरार भएको जा’ हेरी दरखास्त परेपछि विकलाई पक्राउ गरिएको विष्टले बताए । उनलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलिले माघ ८ गते काठमाडौस्थित तिनकुनेबाट पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस्