Saturday, December 5

लेबनानको राजधानी बेरूतमा ठूलो विस्फोट, सयौं घाइते

August 5, 2020 73

एजेन्सी, २० साउन । लेबनानको राजधानी बेरूतमा ठूलो विस्फोट भएको छ। लेबनानका स्वास्थ्यमन्त्रीका अनुसार बेरूतमा भएको भयानक विस्फोटमा सयौं मानिस घाइते भएका छन्।

मंगलबार साँझ भएको विस्फोटले बेरूतका धेरै ठाउँहरूलाई हल्लाएको जनाइएको छ । प्रारम्भिक जानकारीका अनुसार राजधानीको बन्दरगाह क्षेत्रमा विस्फोटन भएको थियो जसमा धेरै गोदामहरू निर्माण गरिएको थियो। विस्फोटनबाट धेरै भवनहरु ध्वस्त भएको छ। ।

विस्फोटको ठूलो आवाज र धुँवाको मुस्लो देखिएको भिडियो बाहिरिएको छ । उक्त भिडियोमा भवनहरु केही बेरमा ध्वस्त भएको देखिएको छ । विस्फोटको कारण भने अहिले नै खुल्न नसकेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्