Tuesday, April 13

सिंगापुरमा विश्वमै नयाँ प्रयोग, जनावरको बध नगरी खान पाइन्छ मासु

January 25, 2021 102

बीबीसी । विश्वमा नयाँ प्रयोग भइरहन्छन् । सिंगापुरका मानिसहरुले अब विश्वमै पहिलो पटक जनावरको बध नगरी मासु खाने प्रविधिको विकास गरेका छन् । यसलाई ‘क्लिन मिट’ नाम दिइएको छ । सिंगापुरले यसको मञ्जुरी दिएको छ र यो मामिलामा यो पहिलो देश बनेको छ । विशेष प्रविधिवाट मासु बनाउने प्रकृया सिंगापुरमा सुरु भएको हो । सिंगापुरको यो निर्णयपछि फ्रान्सिस्कोस्थित ‘इट जस्ट स्टार्टअप’ का लागि बाटो सफा भएको छ ।

यो कम्पनीले प्रयोगशालामा कुखुराको मासु तयार गरेर बेच्न तयारी गरिरहेको छ । जसका लागि कुखुराको बध गर्नुपर्दैन । सुरुमा यी मासु नगेट्सको रुपमा पाइनेछ तर कम्पनीले यो कहिलेदेखि उपलब्ध हुन्छ भनेर जानकारी भने दिएको छैन । स्वास्थ्य, पर्यावरण र जनावरको चिन्ताका कारण जनावरको मासुको विकल्पको माग बढिरहेको बेलामा यस्तो प्रयोग थालिएको हो ।

पलान्ट बेस्ड मिट त्यस्ता मासुलाई भनिन्छ जसलाई बनाइन्छ । यो मासु जस्तै हुन्छ र स्वाद पनि त्यस्तै हुन्छ । यो बर्गर प्याटी, नगेट्स, टुक्राको रुपमा पाइन्छ । तर ईट जस्टको उत्पादन भिन्न छ किनभने यो प्लान्ट बेस्ड होइन । यो मासु जनावरको मांसपेशीको कोसिकाबाट प्रयोगशालामा तयार गरिनेछ ।

इजराइलस्थित फ्यूचर मिट टेक्नोलोजी र बिल गेट्ससँग सम्बन्धि जोडिएको कम्पनी मेमफिश मिट्स पनि प्रयोगशालामा बनेको मासु बजारमा भित्र्याउने कोसिस गरिरहेका छन् । उनीहरुका अनुसार यस्ता उत्पादन मानिसहरुको गोजीका लागि भारी नपर्ने र स्वादको मामिलामा पनि अब्बल हुनेछ । सिंगापुरको कम्पनी शिओक मिट्स प्रयोगशालामा जनावरको मासु बनाउन काम गरिरहेको छ ।

थुप्रै मानिसहरुले यसले पर्यावरणमा फाइदा पुर्याउने बताएका छन् तर केही वैज्ञानिकले भने विशेष परिस्थितीमा यो जलवायु परिवर्तनका लागि घातक हुने बताएका छन् ।

प्रतिकृया दिनुहोस्