Tuesday, April 13

प्रधानमन्त्री ओलीलाई अमेरिकी राष्ट्रपति जो बाइनडेनले पठाए यस्तो विशेष सन्देश , यस्तो छ सन्देश

January 24, 2021 175

कास्की मिडिया :प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिका नवनिर्वाचित राष्ट्रपति जो बाइडनले विशेष सन्देश पठाउनु भएको छ । राष्ट्रपतिमा शपथ लिएको भोलीपल्टै उहाको सन्देश लिएर नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले राष्ट्रपति बाइडनका शीर्ष प्राथमिकताहरूबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउनु भएको थियो ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँले बाइडन प्रशासनले जलवायु परिवर्तनदेखि आणविक प्रसारसम्म र साइबर युद्धदेखि कोभिड–१९ जस्ता विश्वव्यापी स्वास्थ्य चुनौतीसम्म कुनै मुलुकले एक्लै सामना गर्न नसक्ने साझा चुनौतीहरूलाई सम्बोधन गर्न नेपाल र अन्य देशसँग साझेदारी गर्न चाहेको कुरा बताउनुभएको सन्देश दिनु भएको थियो ।

‘अमेरिकाको परीक्षण भएको छ र हामी यसबाट अझ सशक्त बनेका छौँ । हामी हाम्रा गठबन्धनहरू मर्मत गर्नेछौँ र विश्वसँग फेरि संलग्न हुनेछौँ। हिजोका हैन, आज र भोलिका चुनौतीहरूको सामना गर्न। हामी केवल हाम्रो शक्तिको उदाहरणबाट मात्र होइन हाम्रो उदाहरणको शक्तिबाट नेतृत्व गर्नेछौँ । हामी शान्ति, प्रगति, र सुरक्षाका लागि एक मजबुत र विश्वासिलो साझेदार हुनेछौँ’, बाइडेनको सन्देश बेरीले प्रधानमन्त्रीलाई सुनाउनु भएको नेपालस्थित अमेरिकी राजदूतवासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।प्रधानमन्त्री ओलीले पनि यसअघि नै राष्ट्रपतिका रुपमा कार्यभार सम्हालेको भन्दै बाइडनलाई बधाई सन्देश समेत दिइसक्नु भएको छ ।

प्रतिकृया दिनुहोस्