Wednesday, December 2

प्रधानमन्त्री निवास वालुवाटारका ७१ जनाको स्वाब संकलन गरियो

August 4, 2020 52

काठमाडौं, २० साउन । काठमाडौं उपत्यकामा पनि कोरोना भाइरसको जोखिम बढ्न थालेपछि सरकारले कोरोना परीक्षणको दायरा बढाएको छ ।

यसक्रममा प्रधानमन्त्री निवास वालुवाटारमा ७१ जनाको पनि मंगलबार अपरान्ह स्वाब संकलन गरिएको छ ।

बाक्लो भेटघाटको केन्द्र मानिएको र समाजका धेरै क्षेत्रका व्यक्तिहरुसंग निरन्तर वालुवाटार पुग्ने गरेकोले पनि प्रधानमन्त्री निवासको रेखदेखदेखि सुरक्षासम्म खटिएका र प्रधानमन्त्री पत्नी राधिका शाक्यसहित ७१ जनाको स्वाब संकलन गरिएको हो ।

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली स्वाब संकलनका लागि मंगलबार अपरान्ह प्रधानमन्त्री निवास वालुवाटारमा पुगेको थियो ।

काठमाडौंमा बढी भीडभाड हुने स्थान र कार्यालयहरुमा स्वाब संकलन कार्य तीब्र बनाइएको अवस्थामा प्रधानमन्त्री निवासलाई पनि रोजिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले न्यूज २४ ले बताए ।

प्रतिकृया दिनुहोस्