Tuesday, April 13

फुटेको खुट्टा ठिक पारेर नरम र मुलायम बनाउन अपनाउनुहोस् यी घरेलु उपाय

January 23, 2021 404

गर्मी स’किएर विस्तारै चिसो मौसम शुरु हुँदैछ । चिसो समयमा खु’ट्टा फुट्ने तथा सुन्निने स’मस्याले अधिक सताउने गर्दछ । यस्तो अवस्थामा निम्न उपायहरू अपनाउन सकिन्छ ।

नियमित मसाज गर्ने: चिसो समयमा नियमित रूपमा आफ्नो खु’ट्टामा कुनै क्रिम अथवा तेलले मसाज गर्नु राम्रो हुन्छ । हरेक दिन सुत्ने समयमा खु’ट्टामा सफा गरेर फूट क्रिम लगाउने र सुतीको कपडाले राम्रोसँग पुछेर सुत्ने गरेमा खु’ट्टा सुन्निने तथा फुट्ने स’मस्याबाट बच्न सकिन्छ । पाकेको केरा प्रयोग गर्ने: पोकेको केरामा थोरै मात्रामा जैतुनको तेल मिसाएर हरेक रात फुटेको ठाउँमा लगाउने र १० देखि १५ मिनेटसम्म राखेर धोएमा यस्तो स’मस्याबाट बच्न सकिन्छ । हप्तामा एकपटक सुत्नुपूर्व कागतीको रस मनतातो पानीमा मिसाएर खुट्टालाई १५ मिनेटसम्म डुबाएर सफा गर्ने र कुनै क्रिम लगाएर पनि राख्न सकिन्छ ।

ग्लिसरिन तथा गुलाब जल: दैनिक रूपमा आफ्नो खु’ट्टालाई सफा गरेर ग्लिसरिन र गुलाबजलको मिश्रण खु’ट्टामा लगाउँदा खुट्टा फुटेको तथा चिसोले सुन्निएको निको हुन्छ र बच्न सकिन्छ । मनतातो पानीमा नुन: दुखिरहेको खुट्टालाई आराम दिन पानीमा दुई चम्चा नून हालेर १५ देखि २० मिनेटसम्म आफ्नो खु’ट्टालाई सेक्न सकिन्छ । यसले खुट्टालाई आराम दिन्छ। पछि कुनै क्रिम या तेल लगाएर केही मालिस गर्दा फुटेका घाउहरू ठीक हुन्छन् ।

जाडोमा फुटेका तथा सु’ख्खा पाउलाई मुलायम र को’मल बनाउन अपनाउनुहो’स् यो उपाय: अ’नुहारलाई राम्रो ब’नाउनको लागी जति त्यसको देखभाल गर्नुपर्दछ त्यतिनै देखभालको जरुरत पाउको लागी पनि पर्दछ । त्यसैले अनुहार र अन्य श’रीरको जति देखभाल गर्नुहुन्छ उति नै देखभाल आफ्नो खुट्टा अथवा पाउ लाई सु’न्दर बनाउनको लागी गर्नुपर्दछ । तपाईको दिनभरको रुचिनबाट थोरै टाइम निकालेर पाउको देखभाल गर्नसक्नुहुनेछ। दिनभरी काम गर्दा रुखा भएका पाउलाई कोमल र मुलायम बनाउन यस्तो उपाय अपनाउनुहोस् तपाईको पाउँ छिट्टै नै राम्रो र मुलायम हुनेछ । फुर्सदको समयमा या त टिभी देखीरहनुभएको समयमा एउटा राम्रो क्रिम या त तेलले हल्कासँग आफ्नो पैतला, खुट्टामा मालिस गर्नुहोस् । केही बेरसम्म लगाएको तेल तपाईको पै’तलामा अथवा पाउँमा सुख्खा हुन दिनुहोस् । यसले थाकेको खुट्टालाई आराम मिल्दछ र सुख्खा भएको त्वचा नरम र मुलायम हुनेछ ।

आउनुहोस् जानौँ खु’ट्टाको पैताला र पाउँलाई न’रम बनाउने टिप्स: यदि तपाईको खु’ट्टामा पसिना आएको छ भने मनतातो पानीमा कागतीका केही थोपा हाल्नुहोस्। र आफ्नो खुट्टालाई १५ मिनेटसम्म त्यस पानीम डुबाउनुहोस् र पुछ्नुहोस् । थोरै मात्रामा माटो लिएर त्यसमा गुलाबजल हालेर पातलोसँग आफ्नो पैतालामा लगाउनुभयो भने पनि तपाईले आफ्नो पाउँमा आउने पसिनाबाट छुटकारा पाउनुहुनेछ । तातो पानीमा नुन हालेर केही बेरसम्म आफ्नो खुट्टालाई डुबाउनुहोस् । यसले तपाईको थाकेको खुट्टालाई आराम मिल्नेछ । मुल्तानी माटोमा दही हालेर पेस्ट बनाई आफ्नो खुट्टा पैताला पाउँमा लगाउनुहोस् र केही बेर सुकाएपछि धुनुहोस् तपाईको पाउँ सधै मुलायम रहन्छ ।

यदि खुट्टाको त्वचा एकदमै सुख्खा भएको छ भने मनतातो पानीमा जैतुनको तेल हाल्नुहोस् र १५ मिनेटसम्म आफ्नो खु’ट्टालाई भिजाएर राख्नुहोस् र केही बेरसम्म राखेर पुछेपछि कुनै राम्रो क्रिम आफ्नो खुट्टामा लगाउनुहोस् । आफ्नो पाउलाई मुलायम बनाउनको लागी नौनीमा केही कागतीको रस चुहाउनुहोस् । दुई चम्चा ग्लिसिरन र एक चम्चा गुलाबजलमा एक चम्चा कागतीको रस मिक्स गर्नुहोस् र एउटा कुनै बट्टामा राख्नुहोस् र सँधै सुत्नुभन्दा अगाडि लगाउनुहोस् तपाईको पाउँ सोचेभन्दा राम्रो हुनेछ । यदि तपाईका पाउँ चिसा हुन्छन् भने सुत्नुभन्दा अगाडि जैतुनको तेल लगाएर सुत्ने गर्नुहोस् ।

प्रतिकृया दिनुहोस्