काठमाडौँ। मानव शरिरलाई पनि विभिन्न इएन्जिनहरुजडान गरेर बनाइएको मेसिनहरुसँग तुलना गर्न सकिन्छ । मेसिनरि सामानहरु जति धेरै प्रयोग गर्यो त्यति नै त्यसकै छिटो बिग्रन सक्ने हुन्छ । त्यस्तै मानव शरिर पनि कुनै मेसिनरि चिज भन्दा फरक छैन् । जति धेरै काम गर्यो त्यतिकै मात्रामा शरिरलाई आराम दिनु पर्छ । दिनभर काम गरेर थकित भएको शरिरलाई उर्जा दिनको लागि सुत्नु पर्ने हुन्छ ।
शरिरलाई जति आराम गर्नु पर्ने हो त्यति मात्रामा आराम गर्न पुगेन भने विभिन्न समस्याहरु देखा पर्न सक्छन् । त्यतिमात्र हैन शरिरमा भएका विभिन्न थकानहरुलाई मेट्न पर शारिरक प्रक्रियाहरुको लागि भइपनि निन्द्रा अनिवार्य रहेको हुन्छ । निन्द्रा नपुगेमा देखिने भएकाले चिकित्सकको सुझाव अनुसार कुन उमेर समूहका व्यक्तिले कति घण्टा सुत्नु पर्छ भन्ने बारे जानकारी दिँदै छौँ ।
नवजात शिशु : शरिरमा हुने विकासको लागि नवजात शिशुले हरेक दिन १५ देखि १७ घण्टासम्म नवजात शिशुले सुत्नु पर्ने हुन्छ । यो भन्दा कम सुतेको अवस्थामा नवजात शिशुमा विभिन्न किसिमका समस्याहरु देखिने छन् ।
३ देखि ५ बर्ष सम्म बच्चाहरु : ३ देखि ५ वर्ष सम्मको बच्चहरुले कम्तिमा पनि १० देखि १४ द्धण्टा सम्म सुत्नु पर्ने हुन्छ । यो उमेरका बच्चाहरु यो भन्दा कम निदाएको खण्डमा शरिरमा विभिन्न समस्याहरु आउने गर्छन् ।
६ देखि १३ वर्षका बालबालिकाहरू : यो उमेरका बालबलिकाहरुलाइ स्वस्थ रहनको लागि ९ देखि ११ घण्टा सम्म सुत्नु पर्ने हुन्छ । शरिरका अंगहरु सबैभन्दा बढी विकास हुने समय भएको कारण पर्याप्त मात्रामा नसुत्ने हो भने शरिर कमजोर हुनुको साथै विभिन्न् किसिमका समस्याहरु आउने हुन्छ ।
किशोरावस्था : किशोरावस्थाम रहेका १४ देखि १७ वर्ष उमेर समूहका मानिसहरुले ९ घण्टा सुत्नु जरुरि हुन्छ ।
१८ वर्ष भन्दा बढी : मानव शरिरको विकास हुने समय नै १८ वर्ष सम्म भएकाले यो उमेरका मानिसहरुले ७ देखि ८ घण्टा सम्म सुत्नु पर्ने हुन्छ । १८ वर्ष नाघेका मानिसहरुले ७ देखि ८ घण्टा सम्म सुत्नुपर्छ ।
प्रतिकृया दिनुहोस्