Tuesday, March 9

फेरि पनि युद्ध हुन सक्ने प्रचण्डको चेतावनी !

January 23, 2021 225

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपाको एक समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतप्रति लक्षित गर्दै धम्कीपूर्ण भाषा प्रयोग गरेका छन् । रत्नपार्कस्थित सडकमा विरोधसभालाई सम्बोधन गर्दै उनले युद्ध पनि हुन सक्ने संकेत गर्दै अहिलेलाई शान्तिपूर्ण रुपमै संसद विघटनको कदम सच्याउने बताएका हुन् ।

उनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई सर्वोच्च अदालतबाट सदर गरिए शान्ति बिग्रिन सक्ने बताएका छन्। ‘नेपाली जनताले फेरि युद्ध होस् भन्ने चाहेका छैनन्। सर्वोच्च अदालतका कुनै पनि न्यायाधीशहरू युद्ध भएको हेर्न चाहँदैनन्’, दाहालले भने, ‘केपी ओलीको स्वेच्छाचारी कदमलाई सदर गरियो भने मैले युद्धमा जान खोजेको त होइन, युद्ध नै हुन्छ भन्न खोजेको त होइन ।’

उनले युद्ध पनि हुन सक्ने संकेत गर्दै अहिलेलाई शान्तिपूर्ण रुपमै ओलीको कदम सच्याउने बताए।’अहिलेलाई शान्तिपूर्ण रुपमा लाखौँ लाख जनता सडकमा उतारेर भए पनि हामी यो कदम सच्याउँछौँ, त्यसमै मेरो निरन्तर प्रयास भइरहनेछु, उनले भने, ‘तर केपीको कदमलाई प्रोत्साहित गरियो भने नेपालको शान्ति प्रक्रिया फेरि बिग्रिन सक्छ, त्यसप्रति न्यायाधीशहरू पनि सचेतता अपनाउनुपर्छ। मलाई लाग्छ न्यायाधीशहरूले त्यो चाहनु भएको छैन।’

प्रतिकृया दिनुहोस्