Thursday, December 3

बच्चा फालेको आरोप लागेकी आमा पहिलोपटक मिडियामा

August 4, 2020 129

काठमाडौं । केहि दिन अगाडि विस्कुटको कार्टुनमा फेला परेकी बालिकाको बारेमा खेलिएको घृणित खेलमा आफुलाई पनि सहभागी बनाएको थाहा पाएपछि युट्युवर भाग्य न्यौपाने फेरी त्यहाँ गएका छन् । कपनमा एउटा बेवारिसे बालिका फेला परेको भन्दै सबैभन्द पहिला युट्युवर भाग्य न्यौपानेलाई बोलाईएको थियो । उनले बच्चा फेला परेको भन्दै युट्युवमा भिडियो सार्वजनिक गरेका थिए भने तत्काल नै बच्चाकाे स्यहारसुसारका लागि भन्दै दश हजार सहयोग गरेका थिए ।

बालिकाको आइतवार न्वारन समेत गरिएको छ । तर त्यो घटनाको भित्रि पाटो सार्वजनिक भएपछि युट्युवर न्यौपाने पुगेका थिए । शिशु वेवारिसे फेला परेको भन्दै बालगृहकी संस्थापक पुष्पा अधिकारीले संरक्षणको जिम्मा लिएकी थिइन् । उनको बालगृहमा पुगेका दर्जनौ युट्युवरले भिडियो बनाएका थिए । त्यस पछि देशविदेशवाट सहयोगको ओइरो आउन थाल्यो ।

शिशु भेटिएको सातौं दिनमा अन्तत नयाँ रहस्य खुलेको छ । शिशुलाई पैसा कमाउनका लागि त्यसरी जानाजान राखिएको रहस्य खुलेको छ। त्यो बच्चालाई जन्मदिने आमासंगको मिलेमतोमा यस्तो गरिएको रहस्य खुलेको हो । उनी केही समय अघि वैदेशिक रोजगारीमा रहेर अलपत्र परेकाहरुलाई चार्टर विमानवाट उद्दार गरिएकी महिला हुन् । उनी गर्भवती अवस्थामा नेपाल आएकी थिइन् । उनले बच्चालाई जन्म दिइन् । तयसपछि यसरी खेल सुरु गरिएको छ ।

काठमाडौंको कुनै संस्थामा बसेकी ति महिलाको परिचय अहिलेसम्म गोप्य राखिएको छ । परिवारलाई खवर नगरी काठमाडौंमै कुनै संस्थामा आश्रय लिई बसेकै समयमा शिशु जन्मेपछि सहयोगीमार्फत् उनको केयर बालगृहका संस्थापकसँग भेट हुन्छ । र उनैको मिलमतोमा साउन १२ गते नाटक मञ्चन गरी ति शिशुलाई कार्टुनमा राखेको खुलासा भएको छ । घटना उजागर भएलगत्तै केयर बालगृहका संस्थापक पुष्पा अधिकारी, ती शिशुकी आमा र सहयोगीलाई प्रहरीेले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

घटनाले अहिले चौतर्फी चर्चामा लिएको छ । बालगृहका संस्थापक पुष्पा अधिकारीलाइ गरेको सहयोग पनि फिर्ता मागिएको छ भने अहिले ति शिशुकी आमा पनि मिडियामा आएकी छन् । आखिर के कति कारणले उनले यसरि बच्चालाइ काटुनमा राख्न पर्यो त ? त्यसको बारेमा उनले सबै खुलाएकी छन् जुन भिडियो तल हेर्नुहोस ।

भिडियोः

प्रतिकृया दिनुहोस्