Saturday, November 28

झुटको भयो पर्दाफास पत्रकार माझ पुष्मा अधिकारीले माफी मागिन् (हेर्नुहोस भिडियो)

August 4, 2020 736

काठमाडौं । कार्टुनमा बच्चा फेला परेको भन्दै अपनाएको बताएकी केयर बालगृहकी संस्थापक पुष्पा अधिकारीले गल्ती स्वीकार गरेकी छन् । उनले महिलाको अवस्थाका कारण आफुले त्यस्तो गर्नुपरेको बताएकी छन् । उनले आफुले बच्चाका बारेमा पहिला प्रहरीलाई जानकारी पनि गराएको बताएकी छन् । उनले बच्चा फेला पारेको भन्दै पहिला प्रहरीलाई जानकारी दिएको बताएकी छन् ।

त्यसो गर्नु मेरो गल्ती भयो, उनले भनेकी छन्, महिलाको अवस्था हेरेर मैले यस्तो गलत काम गरे । उनले आफुले पैसाको लागि गरेको भनेर आरोप लगाइएको भन्दै गुनासो गरेकी छन् । उनले आफैले पाल्ने उद्देश्यले ल्याउँदा केही समस्या हुने हो की भनेर यस्तो गरेको बताएकी छन् ।

उनले आमा आएर बच्चा मागेपछि फिर्ता दिएको बताएकी छन् । घटना यही साउन १२ गते सोमबारको दिनको हो । काठमाडौंको कपनमा कागजको कार्टुनमा शिशु फालिएको समाचारले सनसनी बनेर फैलियो ।कपन चौरमा फालिएकी शिशुलाई सोही क्षेत्रमा रहेको केयर बालगृहकी संस्थापक पुष्पा अधिकारीले पालन पोषणको जिम्मा लिएपछि उनलाई सहयोग गर्न देश विदेशका मनकारी मनहरु तँछाडमँछाड गरेर ओइरिए ।ब्यक्तिगत र सामाजिक संस्थाहरुबाट उनलार्य आर्थिक सहयोगको ओइरो नै लाग्यो ।

तर यसभित्रको कहानी अलग्गै रहेको तथ्य विस्तारै खुल्न थालेको छ ।शिशु बैदेशिक रोजगारीबाट हालै सरकारको उद्धार उडानमार्फत् स्वदेश फर्केकी कुनै महिलाले जन्माएको खुलेको छ ।यद्यपि काठमाडौंकै कुनै संस्थामा बसेकी ति महिलाको परिचय अहिलेसम्म गोप्य राखिएको छ ।परिवारलाई खवर नगरी काठमाडौंमै कुनै संस्थामा आश्रय लिई बसेकै समयमा शिशु जन्मेपछी सहयोगीमार्फत् उनको केयर बालगृहका संस्थापकसँग भेट हुन्छ ।

प्रतिकृया दिनुहोस्