Saturday, February 27

कोरोना खोप उत्पादन गरिरहेको भारतीय इन्स्टिच्युटमा भी’षण आ’गलागी

January 21, 2021 79

कोभिड खोप उत्पादन गरिरहेको भारतको पुनेस्थित सेरम इन्स्टिच्युटमा भी’षण आ’गलागी भएको छ ।

तर यस घटना’ले को’भिशिल्ड खो’प उत्पादनको काममा असर पुग्ने सम्भावना नभएको बताइएको छ । उक्त इन्स्टिच्युटले बेलायतको अक्सफोर्ड विश्वविदयालय र बेलायती स्वीडीस औषधि कम्पनी अष्ट्राजेनेकासँग मिलेर खोप उत्पादन गरिरहेको छ ।

बिहीबार निर्माण कार्यको क्रममा आ’गलागी सुरु भएको बताइएको छ । भारतीय मिडियाका अनुसार अहिले आगलागी नियन्त्रणमा लिन दमकल सहित ठूलो संख्यामा अग्नी नियन्त्रकहरु खटिएका छन् । भारतको उक्त इन्स्टिच्युट विश्वकै सबैभन्दा ठूलो खोप उत्पादकको रुपमा चिनिएको छ ।

जुन इन्स्टिच्युट पुनेस्थित एक सय एकड जमिनमा फैलिएको छ । आगलागी भएको मन्जरी कम्प्लेक्स खोप उत्पादन स्थलबाट केही मिनेटको दूरीमा पर्ने बताइएको छ । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***

प्रतिकृया दिनुहोस्